“प्रधान सेनापति तेश्रो अन्तर्राष्ट्रिय महिला फुटवल प्रतियोगिता २०७२” आजबाट शुभारम्भ

१. नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटवल संघको प्राविधिक सहयोगमा संचालन हुन लागेको प्रधान सेनापति तेश्रो अन्तर्राष्ट्रिय महिला फुटवल प्रतियोगिता २०७२ को आज मिति २०७२ पौष ०६ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले एक बिशेष समारोहकावीच निर्णायक मण्डललाई फुटवल हस्तान्तरण गर्नु भई प्रतियोगिताको समुद्घाटन गर्नु भएको छ ।

२. प्रधान सेनापति तेश्रो अन्तर्राष्ट्रिय महिला फुटवल प्रतियोगिता २०७२ मा मित्रराष्ट्र भारतको महिला फुटवल टिम दुई, घरेलु विभागिय महिला फुटवल टिम तीन र विगतका पांच विकाश क्षेत्रका महिला फुटवल टिम ५ गरी जम्मा दश टिमको सहभागिता रहेको छ ।

३. जंगी अड्डास्थित खेल मैदानमा मिति २०७२ पौष १२ गतेसम्म संचालन हुने उक्त प्रतियोगिता अन्तर्गत आज नेपाल प्रहरी महिला टिम र पूर्वाञ्चल महिला टिमबीच भएको पहिलो खेलमा नेपाल प्रहरी महिला टिमले पूर्वाञ्चल महिला टिमलाई ३१ गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी सोही प्रतियोगिता अन्तर्गत लगनखेलमा मध्यमाञ्चल महिला टिम र उपत्यका महिला टिमबीच भएको खेलमा मध्यमाञ्चल महिला टिमले उपत्यका महिला टिमलाई ३० गोल अन्तरले पराजित गरेको छ ।  उक्त प्रतियोगितामा सबै खेलहरु नक आउटका आधारमा खेलाईएको छ । 

 ४. उक्त समुद्घाटन कार्यक्रममा नेपाली सेनाका भूतपूर्व प्रधान सेनापतिहरु, अन्य सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु, अखिल नेपाल फुटवल संघका पदाधिकारीहरु, रथीबृन्दहरु, नेपाल स्थित बिदेशी सैनिक सहचारीहरु, नेपाली सेनाका अधिकृतहरु, संचारकर्मी लगायत खेलप्रेमी दर्शकहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।