Bomb Disposal Robot हस्तान्तरण कार्यक्रम सम्पन्न

१. आज मिति २०७२ पौष ७ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा जंगी अड्डा परिसरमा एक विशेष समारोहका बिच Military Version मा Upgrade गरी नेपाली सेनाले खरिद गरेको Bomb Disposal Robot को हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । 

२. मिति २०७० चैत्र २६ गते नेपाली सेनाको Prototype Development Team ले आयोजना गरेको Military Science and Technology Competition (MSTC)-I मा प्रथम स्थान हांसिल गर्न सफल भएको Bomb Disposal Robot लाई Military Version मा Upgrade गरी नेपाली सेनाले खरिद गर्न मिति २०७२ भाद्र २८ गते नेपाली सेना र निर्माणकर्ता GBS Team (Ganesh Bikram Singh) बीच सम्झौता भएको थियो । 

३. उक्त समारोहमा GBS Team का Team Leader श्री गणेश विक्रम सिंह आले मगरले Bomb Disposal Robot को Robot Monitor Key प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीलाई हस्तान्तरण गर्नु भएको थियो भने त्यसैगरी प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले वहांलाई चेक हस्तान्तरण गर्नु भएको थियो । 

४. यसअघि प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त Bomb Disposal Robot को निरीक्षण गर्नुको साथै Robot द्वारा प्रदर्शित Live IED डिस्पोज डेमोष्ट्रेशनको समेत अवलोकन गर्नु भएको थियो । यसैबीच निर्माणकर्ताले Bomb Disposal Robot को बारेमा साधारण जानकारी गराउनु भएको थियो ।

५. उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको साथै संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो । 

६. यस किसिमको Bomb Disposal Robot को खरिदबाट नेपाली उत्पादकलाई प्रोत्साहन मिल्नुको साथै उबडखावड जमिन, सानातिना झाडी/बुट्यान, सडक छेउछाऊ तथा घरको भुइ तल्लामा रहेको IED हरु सुरक्षित तवरले सहज रुपमा डिस्पोज गर्न मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।