“प्रधान सेनापति तेश्रो अन्तर्राष्ट्रिय महिला फुटवल प्रतियोगिता” जारी

१. मिति २०७२ पौष ०६ गतेबाट जंगी अड्डास्थित खेल मैदानमा जारी “प्रधान सेनापति तेश्रो अन्तर्राष्ट्रिय महिला फुटवल प्रतियोगिता” अन्तरगत आज मिति २०७२ पौष ०७ गते सशस्त्र प्रहरी क्लब महिला फुटवल टिम र पश्चिमाञ्चल महिला फुटवल टिमबीच भएको पहिलो खेलमा सशस्त्र प्रहरी महिला फुटवल टिमले पश्चिमाञ्चल महिला फुटवल टिमलाई १६-० गोल अन्तरले पराजित गरेको छ । 

२. त्यसैगरी, सोही प्रतियोगिता अन्तरगत आजै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब महिला फुटवल टिम र सुदुरपश्चिमाञ्चल महिला फुटवल टिमबीच भएको खेलमा त्रिभुवन आर्मी क्लब महिला फुटवल टिमले सुदुरपश्चिमाञ्चल महिला फुटवल टिमलाई १६-० गोल अन्तरले पराजित गरेको छ ।