“प्रधान सेनापति तेश्रो अन्तर्राष्ट्रिय महिला फुटवल प्रतियोगिता” अन्तर्गत सेमिफाईन खेल सम्पन्न

१. मिति २०७२ पौष ०६ गतेबाट जंगी अड्डास्थित खेल मैदानमा जारी “प्रधान सेनापति तेश्रो अन्तर्राष्ट्रिय महिला फुटवल प्रतियोगिता” अन्तरगत आज मिति २०७२ पौष १० गते सेमिफाईनलका खेलहरु सम्पन्न भएको छ । 

२. सशस्त्र प्रहरी महिला फुटवल टिम र नेपाल प्रहरी महिला फुटवल टिमबीच भएको पहिलो सेमिफाईनल खेलमा सशस्त्र प्रहरी महिला फुटबल टिमले नेपाल प्रहरी महिला फुटवल टिमलाई २–१ गोल अन्तरले पराजित गरी फाईनलमा प्रवेश गरेको छ । उक्त निर्धारित ९० मिनेटको खेलमा दुवै टिम १/१ गोलको वरावरीमा रोकिए पश्चात् पुनः ३० मिनेट समय थप गरिएको थियो । सो खेलमा सशस्त्रका लागि सवित्रा भण्डारीले खेलको तेस्रो मिनेटमा र अनु लामाले ११७ औं मिनेटमा गोल गरेका थिए । त्यसैगरी नेपाल प्रहरी महिला फुटबल टिमको लागि एकमात्र गोल खेलको २१ औं मिनेटमा खिम कुमारी गुरुङ्गले गरेकी थिईन । 

३. त्यसैगरी, सोही प्रतियोगिता अन्तरगत आजै त्रिभुवन आर्मी महिला फुटबल टिम र मध्यमाञ्चल महिला फुटबल टिमबीच भएको दोश्रो सेमिफाइन खेलमा त्रिभुवन आर्मी महिला फुटबल टिमले मध्यमाञ्चल महिला फुटबल टिमलाई ४–० गोल अन्तरले पराजित गरी फाईनलमा प्रवेश गरेको छ । सो खेलमा त्रिभुवन आर्मी महिला फुटबल टिमका लागि दीपा सिंह क्षेत्रीले खेलको १५ औं मिनेटमा, अन्जली वाईवाले ३५ औं मिनेटमा, शर्मीला थापाले ५३ औं मिनेटमा र इन्दिरा राईले ८५ औं मिनेटमा गोल गरेका थिए । 

४. मिति २०७२ पौष १२ गते जंगी अड्डा स्थित खेल मैदानमा अपरान्ह १४०० बजे त्रिभुवन आर्मी महिला फुटवल टिम र सशस्त्र प्रहरी महिला फुटवल टिमबीच फाईनल खेल हुने कार्यक्रम रहेको छ ।