प्रधान सेनापति र काठमाण्डौस्थित बंगलादेशी राजदुतावासका महामहिम राजदुत Mrs. Mashfee Binte Shams बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७२ पौष १६ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग काठमाण्डौस्थित बंगलादेशी राजदुतावासका महामहिम राजदुत Mrs. Mashfee Binte Shams ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । 

२. सो भेटघाटका क्रममा प्रधान सेनापति महारथी श्री क्षत्री र बंगलादेशी राजदुतावासका महामहिम राजदुत Mrs. Mashfee Binte Shams बीच द्विपक्षिय आपसी हित तथा पारस्परिक बिषयका सम्बन्धमा छलफल भएको थियो ।