प्रधान सेनापति र वेलायती सेनाका Personnel Support Command का Commander Lt Gen James Bashall बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७२ पौष १५ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसंग वेलायती सेनाका Personnel Support Command का Commander Lt Gen James Bashall ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । 

२. उक्त भेटघाटका क्रममा प्रधान सेनापति महारथी श्री क्षत्री र वेलायती सेनाका Personnel Support Command का Commander Lt Gen James Bashall बीच द्विपक्षिय आपसी हित तथा पारस्परिक बिषयका सम्बन्धमा छलफल भएको थियो ।