माननीय उपप्रधान तथा रक्षामन्त्रीद्वारा नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजको निरीक्षण भ्रमण

१. माननीय उपप्रधान तथा रक्षामन्त्री श्री भीम रावलद्वारा आज मिति २०७२ पौष २० गते शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको निरीक्षण भ्रमण गर्नु भएको छ । 

२. निरीक्षण भ्रमणको क्रममा रक्षामन्त्री श्री रावलले उक्त कलेजको इन्सट्रक्सनल ब्लक तथा आवास ईलाकाको निरीक्षण गर्नुभई स्टाफ कलेजको वर्तमान गतिविधिको सम्वन्धमा जानकारी लिनु भएको थियो । त्यसैगरी वहांले हाल उक्त कलेजमा तालिमरत शिक्षार्थी अधिकृतहरुलाई तालिमको महत्वको बिषयमा केन्द्रित रहि सम्बोधन समेत गर्नु भएको थियो । 

३. उक्त निरीक्षण भ्रमणमा बलाधिकृत रथी श्री बलदेव राज महत, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु सहभागी हुनु भएको थियो ।