प्रधान सेनापतिद्वारा सहायक रथी श्री देव कुमार सुवेदीलाई उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान

१. आज मिति २०७२ पौष २४ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले उपरथी दर्जामा पदोन्नती हुनु भएका सहायक रथी श्री देव कुमार सुवेदीलाई जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ । सहायक रथी श्री सुवेदीलाई मिति २०७२  पौष २१ गतेको मन्त्रिपरिषद्को बैठकले उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको थियो । वहांसँगै सहायक रथी श्री जगदीशचन्द्र पोखरेल समेत उपरथी दर्जामा बढुवा हुनु भएको छ । 

२. मन्त्रीपरिषद्को सोही बैठकले उपरथी श्री सुवेदीलाई मध्य पृतना हे.क्वा.को जिम्मेवारी सम्हाल्ने गरी उक्त पृतनाको पृतनापतिमा पदस्थापन गरेको छ ।