माननीय उपप्रधान तथा रक्षामन्त्रीद्वारा नेपाली सेनाको वीरेन्द्र अस्पतालको निरीक्षण भ्रमण

१. माननीय उपप्रधान तथा रक्षामन्त्री श्री भीम रावलद्वारा आज मिति २०७२ पौष २७ गते छाउनीस्थित श्री वीरेन्द्र अस्पतालको निरीक्षण भ्रमण गर्नु भएको छ । 
२. निरीक्षण भ्रमणको क्रममा रक्षामन्त्री श्री रावलले अस्पताल भित्र रहेको वार्ड, ओपिडी तथा विभागहरुको निरीक्षण गर्नु भएको थियो । उक्त निरीक्षण भ्रमणको दौरान रक्षामन्त्री श्री रावललाई श्री वीरेन्द्र अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी डा. श्री यादव विष्टले अस्पतालको बस्तुस्थितिबारे जानकारी गराउनु भएको थियो ।

३. निरीक्षणको क्रममा रक्षामन्त्री श्री रावलले आमविनाशकारी भूकम्प पश्चात घाइते तथा बिरामीहरुलाई पालमा नै भएपनि आप्mनो जिम्मेवारी निर्वाह गरी उपचार सेवा प्रदान गर्न सफल भएकोमा अस्पतालमा कार्यरत सबैको सराहना गर्नुको साथै यस अस्पतालले आपतकालिन अवस्थामा गैर सैनिक व्यक्तिहरुलाई समेत प्रभावकारी रुपमा उपचार प्रदान गर्ने भएकोले प्राथमिकतामा राखी यथाशिघ्र पुनःनिर्माण गर्नुपर्ने भनि जोड दिनु भएको छ ।  

४. उक्त अस्पतालको भौतिक संरचना विनाशकारी भूकम्पको समयमा क्षतिग्रस्त भएको कारण अस्पतालले पालहरुबाट नै बीरामीहरुलाई सेवा सुविधा प्रदान गर्दै आईरहेको छ । हाल उक्त अस्पतालको पुनःनिर्माण तथा मरामत कार्य भइरहेको छ ।   

५. उक्त निरीक्षण भ्रमणमा माननीय उपप्रधान तथा रक्षामन्त्रीज्यूसंग प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री, रक्षा सचिव श्री जयमुकुन्द खनाल, नेपाली सेनाका रथीबृन्द, रक्षा मन्त्रालयका अन्य पदाधिकारीहरु तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।