नेपाली सेनाद्वारा चिसोले प्रभावित भूकम्प पीडितहरुलाई राहत सामग्री वितरण

१. मिति २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट बढी प्रभावित क्षेत्रहरुमा बिगत केही दिन देखी परिरहेको हिमपातको कारण भूकम्प अति प्रभावित गोरखा, दोलखा र नुवाकोट जिल्लाको बिभिन्न क्षेत्रहरुमा चिसोको कारण भूकम्प पीडित जनताहरुको दैनिकी कष्टकर बन्दै गईरहेकोले नेपाली सेनाले मिति २०७२ पौष २८ गतेबाट न्यानो कपडा तथा खाद्यन्न वितरण कार्य शुरु गरेको छ । 

२. सोही कार्यक्रम अन्तर्गत आज मिति २०७२ पौष २९ गते नेपाली सेनाले गोरखा जिल्लाको केरौजा गा.वि.स. स्थित केरौजागाउंमा चिसोद्वारा प्रभावित स्थानीय भूकम्प पीडित ४६५ घरधुरीलाई मण्डी ३०० गोटा, टाटपोलिन ८५ गोटा,  बिस्कुट २७ कार्टुन, ड्राई राशन १२ कार्टुन, जर्किन १०० गोटा र औषधी ५० प्याकेट वितरण गरेको छ । त्यसैगरी सोही जिल्लाको चुम्चेत गा.वि.स. वडा नं. २ चिप्चेतमा ३८ घरधुरीलार्ई  मण्डी  ५० गोटा, टाटपोलिन ४० गोटा,  बिस्कुट ८ कार्टुन र जर्किन ५० गोटा वितरण गरेको छ भने घ्याच्चोक गा.वि.स. वडा नं. ६ मा ४८१ घरधुरीलाई मण्डी  ३५० गोटा, टाटपोलिन २०० गोटा,  बिस्कुट २५ कार्टुन, ड्राई राशन २७ कार्टुन र जर्किन ४ गोटा वितरण गरेको छ ।

३. नेपाली सेना हाल चिसोको कारण उत्पन्न मानवीय संकटको घडी एवम् जस्तोसुकै परिस्थितिमा समेत संवेदनशिल भई निस्वार्थ भावनाले देश र जनताप्रति उत्तरदायी एवं अनवरत रुपमा समर्पित रहने बिश्वास दिलाउन चाहन्छ ।