US Army Pacific Command का Commanding General, General Vincent K. Brooks तीनदिने नेपाल भ्रमण पुरा गरी स्वदेश फिर्ता

१. मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाका US Army Pacific Command का Commanding General, General Vincent K. Brooks को नेतृत्वमा मिति २०७२ पौष ३० गतेदेखि नेपाल भ्रमणमा रहेको ९ सदस्यीय भ्रमणदल आज मिति २०७२ माघ ०३ गते विशेष विमानद्वारा नेपालको तीनदिने भ्रमण पुरा गरी स्वदेश फिर्ता भएको छ । 

२. उक्त भ्रमणदललाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा प्रवन्ध तथा संभाररथी उपरथी श्री हेमन्त राज कुवंरले बिदाई गर्नु भएको थियो । सो समारोहमा नेपाली सेनाका रथीबृन्द तथा अमेरिकी राजदुतावासका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । 

३. यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमण तथा भेटवार्ताले नेपाली सेना र अमेरिकी सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धले निरन्तरता पाउनुका साथै आपसी सैनिक सहयोग एवम् सहकार्यबाट विशेषतः विपद् व्यवस्थापन, मानवीय सहयोग र विश्व शान्तिका लागि द्धन्द्धग्रस्त मुलुकहरुमा नेपाली शान्ति सैनिकहरुको परिचालनलाई थप प्रभावकारी बनाउन मद्धत पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।