प्रधान सेनापतिद्वारा उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान

१. आज मिति २०७२ माघ ०४ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले उपरथी दर्जामा पदोन्नती हुनु भएका सहायक रथी श्री जगदीश चन्द्र पोखरेल र सहायक रथी श्री शमशेर ठकुराठीलाई जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ । 

२. सहायक रथी श्री पोखरेललाई मिति २०७२ पौष २१ गतेको मन्त्रिपरिषद्को बैठकले उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको थियो भने सहायक रथी श्री ठकुराठीलाई मिति २०७२ पौष २९ गतेको मन्त्रिपरिषद्को बैठकले उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको थियो । 

३. मन्त्रीपरिषद्को सोही बैठकले उपरथी श्री पोखरेललार्ई श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजको जिम्मेवारी सम्हाल्ने गरी उक्त कलेजकोे शिक्षाधिकृतमा पदस्थापन गरेको छ भने उपरथी श्री ठकुराठीलाई श्री सैनिक समाचार महानिर्देशनालयको जिम्मेवारी सम्हाल्ने गरी उक्त महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरेको छ ।