नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम Balance Nail 16-02 संचालन

१. नेपाली सेनाको विशेष तालिम प्राप्त छाउनीस्थित श्री महावीर गण (रेञ्जर) र अमेरिकी सेनाको ODA 1322, बि.कम्पनी, 3rd बटालियन, 1st  Special Forces Group (Airborne) बीच आज मिति २०७२ माघ ०६ गतेदेखि छाउनी ईलाकामा Balance Nail 16-02  तालिम विभिन्न चरणहरुमा पुरा हुने गरी संचालन भएको छ ।

२. श्री महावीर गण (रेञ्जर) छाउनी, तालिम शिविर नगरकोट र नागार्जुनस्थित रक क्लाईम्बिङ्ग ईलाकामा एक महिनासम्म संचालन हुने उक्त तालिममा Human Rights and Law of War, Tactical Combat Casualty Care (TCC), Military Decision Making Process (MDMP), Defensive Combat Marksmanship (CMMS), High and Low Angle Rescue Techniques, Military Crisis Action Planning, (HA/DR MDMP), Humanitarian and Military Operations in Urban Terrain (MOUT), Fast Rope Insertion Extraction System (FRIES) / Field Training Exercise (FTX) आदि बिषयहरु समावेश गरिएको छ । यस प्रकारको संयुक्त तालिम नेपाली सेना र अमेरिकी सेनाको Special Forces बीच विगत लामो समयदेखि संचालन हुंदै आईरहेको छ ।

३. उक्त तालिम संचालन पूर्व मित्रराष्ट्र संयुक्त राज्य अमेरिकी टोली मिति २०७२ माघ ०४ गतेसम्म आवश्यक तालिम सामाग्री सहित नेपाल आईपुगेको थियो । 

४. दुई देश वीचका सैनिकहरु सहभागी भई संचालन भएको यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य सैनिक संगठनहरुसंग सहकार्य गरी सैनिक कारवाही संचालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पुग्न जानेछ । साथै यस किसिमको संयुक्त तालिम/अभ्यासबाट दुई देश वीचको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवं सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।