प्रधान सेनापतिद्वारा उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान 

१. आज मिति २०७२ माघ ११ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले उपरथी दर्जामा पदोन्नती हुनु भएका पाईलट सहायक रथी श्री सुधिर श्रेष्ठलाई जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ । 
२. पाईलट सहायक रथी श्री श्रेष्ठलाई मिति २०७२ माघ ०८ गतेको मन्त्रिपरिषद्को बैठकले उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको थियो । साथै, मन्त्रिपरिषद्कोे सोही बैठकले पाईलट उपरथी श्री श्रेष्ठलाई श्री सैनिक हवाई महानिर्देशनालयको जिम्मेवारी सम्हाल्ने गरी उक्त महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरेको छ ।