प्रधान सेनापति छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणको लागि प्रस्थान

१. नेपाल सरकारको निर्णय वमोजिम प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष तथा नेपाल सरकारद्वारा मानार्थ महारथी दर्जाद्वारा सुशोभितGeneral Dalbir Singh, PVSM, UYSM, AVSM, VSM, ADC को औपचारिक निमन्त्रणामा मिति २०७२ माघ १८ गतेदेखि मिति २०७२ माघ २३ गतेसम्म सप्ताहव्यापी औपचारिक भ्रमणको लागि ९ सदस्यीय भ्रमण दल सहित आज मिति २०७२ माघ १८ गते मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्नुभई आजै स्थानीय समय अनुसार १११० बजे नयां दिल्ली पुग्नु भएको छ ।
      
२. प्रधान सेनापति श्री क्षत्रीलार्ई बलाधिकृत रथी श्री वलदेव राज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नु भएको थियो । यसअघि प्रधान सेनापति महारथी श्री क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उक्त अवसरमा नेपालस्थित भारतका Deputy Chief of Mission Mr. Vinay Kumar, रक्षा सचिव श्री जयमुकुन्द खनाल, नेपाली सेनाका रथीबृन्द लगायत नेपालस्थित आवासीय सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो । 

३. प्रधान सेनापतिको नियुक्ति पश्चात् पहिलो पटक हुन लागेको भारत भ्रमणको सिलसिलामा प्रधान सेनापति महारथी श्री क्षत्रीलाई मिति २०७२ माघ २० गते भारतका महामहिम राष्ट्रपति प्रणव मुखर्जीबाट भारतीय स्थल सेनाको मानार्थ महारथी (Honorary General of Indian Army) दर्जाको दज्र्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम (Investiture Ceremony) रहेको छ । सोही क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले भारतका स्थल सेनाध्यक्ष, वायुसेना प्रमुख, नौसेना प्रमुखहरुलाई भेटघाट गर्नुहुनेछ । 

४. भेटघाटको सिलसिलामा प्रधान सेनापति महारथी श्री क्षत्रीले भारत सरकारका गृहमन्त्री, रक्षा मन्त्री, विदेश मन्त्री लगायत उच्चपदस्थ पदाधिकारीहरुसंग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ ।  विभिन्न औपचारिक समारोहहरुमा हुने भेटघाटको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले भारतका महामहिम राष्ट्रपति तथा बरिष्ठ भारतीय अधिकारीहरुलाई महामहिम राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी तथा नेपाल सरकार र नेपाली जनताका तर्पmबाट शुभकामना दिनु हुनेछ । साथै भ्रमणको अवसरमा वहांले मित्रराष्ट्र भारतका विभिन्न फर्मेशन तथा युनिटहरुको समेत निरीक्षण भ्रमण गर्नु हुने कार्यक्रम रहेको छ ।

५. यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमण र एक अर्को सेनाका प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने प्रचलनबाट नेपाली सेना र भारतीय सेनाबीच परम्परादेखि रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धले निरन्तरता पाउनुका साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमुधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । 

६. उक्त अवधिभर प्रधान सेनापतिको अनुपस्थितीमा बलाधिकृत रथी श्री वलदेव राज महतले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ ।