प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री र भारतीय स्थल सेनाध्यक्ष General Dalbir Singh बीच भेटवार्ता

१. मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष तथा नेपाल सरकारद्वारा मानार्थ महारथी दर्जाद्वारा सुशोभित General Dalbir Singh, PVSM, UYSM, AVSM, VSM, ADC को औपचारिक निमन्त्रणामा नेपाल सरकारको निर्णय वमोजिम भारत भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री र भारतीय स्थल सेनाध्यक्ष General Dalbir Singh वीच आज मिति २०७२ माघ १९ गते भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा प्रधान सेनापति श्री क्षत्री र भारतीय स्थल सेनाध्यक्षवीच द्धिपक्षीय आपसी हीत र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

२. यसअघि आज विहान प्रधान सेनापति महारथी श्री क्षत्रीले एक कार्यक्रमकावीच अमर जवान ज्योति भवनमा वीर शहिदहरुको सम्झनामा Wreath Laying गर्नु भएको थियो । त्यसैगरी प्रधान सेनापति महारथी श्री क्षत्रीलाई भारतीय सैनिक टुकडीले साउथ ब्लक लनमा सम्मान गारत समेत अर्पण गरेको थियो ।

३. यसैक्रममा प्रधान सेनापति महारथी श्री क्षत्री भारतीय स्थल सेनाध्यक्षको ब्रिफिङ्ग हलमा आयोजित शान्ति सुरक्षा सम्बन्धीको बैठकमा सहभागी हुनु भएको थियो । भ्रमणको अवसरमा प्रधान सेनापति श्री क्षत्रीले भारतीय रक्षामन्त्री Manohar Parrikar र गृहमन्त्री Rajnath Singh संग भेटवार्ता गर्नु भएको छ । यसैगरी आजै प्रधान सेनापति महारथी श्री क्षत्रीले भारतका Chief of the Naval Staff (CNS) Admiral Robin K. Dhowan, Chiefs of Staff Committee (COSC) का  Chairman General Bikram Singh, Chief of the Air Staff (CAS) Arup Raha, र National Security Advisor (NSA) Ajit Doval संग छुट्टाछुट्टै भेटवार्ता समेत गर्नु भएको छ ।

४. प्रधान सेनापति महारथी श्री क्षत्री आज बेलुका वहांको सम्मानमा भारतीय स्थल सेनाध्यक्ष General Singh द्वारा आयोजित रात्रीभोज कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।