भारतीय स्थल सेनाध्यक्ष नेपालको औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता

१. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको औपचारिक निमन्त्रणामा मिति २०६७ पौष ५ गतेदेखि नेपालको भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष General Vijay Kumar Singh तथा उहाँको भ्रमण दल आज मिति २०६७ पौष ०८ गते अपरान्ह स्वदेश फिर्ता भयो । २. भारतीय स्थल सेनाध्यक्ष General Vijay Kumar Singh सहितको भ्रमण दललाई बलाध्यक्ष रथी श्री तोरण जंग बहादुर सिंहले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक बिदाई गर्नु भयो । सो अवसरमा काठमाडौंस्थित विदेशी दुतावासमा कार्यरत सैनिक सहचारीहरु, भारतीय दुतावासका पदाधिकारीहरु तथा नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुको उपस्थिति रहेको थियो ।