भारतका महामहिम राष्ट्रपति श्री प्रणव मुखर्जीद्धारा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीलाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान

१. नेपाल सरकारको निर्णय वमोजिम मिति २०७२ माघ १८ गतेदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीलाई आज मिति २०७२ माघ २० गते राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा (Investiture Ceremony), भारतीय महामहिम राष्ट्रपति श्री प्रणव मुखर्जीले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको (Honorary Rank of General of the Indian Army) दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ । 

२. नेपाल र मित्रराष्ट्र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्ध अनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएकोे छ । 

३. भारतीय सेनाको विभिन्न कमाण्डको भ्रमण गर्ने कार्यक्रम अन्तर्गत प्रधान सेनापति महारथी श्री क्षत्रीले भोलि मध्य प्रदेशको ईन्दौरस्थित आर्मी वार कलेज (MHOW) को भ्रमण गर्नेे कार्यक्रम रहेको छ । 


४. साथै, भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह ग्रहण गर्नु भएका प्रधान सेनापति महारथी श्री क्षत्रीले आजै रात्रीभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।