प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्धारा भारतीय सेनाको  आर्मी वार कलेजको भ्रमण 


१. नेपाल सरकारको निर्णय वमोजिम मिति २०७२ माघ १८ गतेदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७२ माघ २१ गते भारतको मध्यप्रदेश स्थित आर्मी वार कलेज (MHOW) को भ्रमण गर्नु भएको छ । 

२. उक्त भ्रमणको अवसरमा आर्मी वार कलेजका कमाण्डाण्ट Lieutenant General Narsimhan ले प्रधान सेनापति महारथी श्री क्षत्रीलाई स्वागत गर्नु भएको थियो । भारतको आर्मी वार कलेजमा नेपाली सेनाबाट ईन्फेन्ट्री तथा सिग्नल सम्बन्धि विभिन्न तालिमहरुमा सहभागि रहंदै आएको छ ।

३. भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले आर्मी वार कलेजका कमाण्डाण्टसंग भेटवार्ता गर्नु भएको छ । उक्त भेटवार्तामा नेपाली सेना र भारतीय सेनाबीच लामो समयदेखि रहंदै आएको मैत्रीपूर्ण सम्बन्ध, पेशागत अभिबृद्धिको निमित्त दुवै देशबीच संचालित विभिन्न तालिमहरुको समिक्षा एवम् आपसी सहकार्य र पारस्परिक हितका विषयहरुमा छलफल भएको थियो ।

४. यसैगरी, भ्रमणको सिलसिलामा प्रधान सेनापति महारथी श्री क्षत्रीले आजै भारतको ईन्फेन्ट्री स्कुलको निरीक्षण भ्रमण गर्नु भएको छ । सोही क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले ईन्फेन्ट्री स्कुलका कमाण्डाण्ट Lt Gen Konsam Himalay र आर्टिलरी स्कुलका कमाण्डाण्ट Lt Gen Vinod Nayanar त न्भल ख्ष्लयम ल्बथबलबच संग छुट्टाछुट्टै भेटवार्ता गर्नु भएको छ । उक्त भेटवार्ताका क्रममा द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो । 

५. प्रधान सेनापति महारथी श्री क्षत्री आज बेलुकी आर्टिलरी स्कुलका कमाण्डाण्टले वहांको सम्मानमा आयोजना गर्नुहुने रात्रीभोज कार्यक्रममा शरिक हुनु हुनेछ ।