प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्धारा भारतीय सेनाको विभिन्न कमाण्डको भ्रमण

१. मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७२ माघ २२ गते भारतीय सेनाको आर्टिलरी स्कुलको निरीक्षण भ्रमण गर्नु भएको छ । सोही अवसरमा वहांले आर्टिलरी स्कुलबारे साधारण जानकारी लिनु भएको थियो । 

२. यसैगरी, भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले आज लखनउस्थित भारतीय सेनाको Central Command का General Officer Commanding in Chief (GOC-in-C) Lieutenant General Balwant Singh Negi संग भेटवार्ता गर्नु भएको छ । उक्त भेटवार्तामा द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो । त्यसैगरी, वहांले आजै लखनउस्थित 11 Gorkha Rifles Regimental Centre (GRRC) को निरीक्षण भ्रमण गर्नुभई GRRC का कमाण्डाण्टसंग भेटवार्ता गर्नु भएको छ । सोही अवसरमा वहांले GRRC को बारेमा साधारण जानकारी लिनुभई GRRC का सैनिकहरुद्वारा प्रस्तुत तालिमको डेमोष्ट्रेशन अवलोकन गर्नु भएको थियो ।
 
३. प्रधान सेनापति महारथी श्री क्षत्री आज बेलुकी Central Command का कमाण्डाण्टले वहांको सम्मानमा आयोजना गर्नुहुने रात्रीभोज कार्यक्रममा सरिक हुनु हुनेछ ।

४. मित्रराष्ट्र भारतको सप्ताहव्यापी भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी श्री क्षत्री भोलि मिति २०७२ माघ २३ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।