प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री औपचारिक भारत भ्रमण सम्पन्न गरी  स्वदेश फिर्ता 


१. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज मिति २०७२ माघ २३ गते अपरान्ह स्वदेश फिर्ता हुनु भएको छ ।

२. प्रधान सेनापति श्री क्षत्रीलार्ई बलाधिकृत रथी श्री वलदेव राज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो । वहांलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे । उक्त अवसरमा रक्षा सचिव श्री जयमुकुन्द खनाल, नेपाली सेनाका रथीबृन्द लगायत नेपालस्थित आवासीय सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो । 

३. मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणा तथा नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय बमोजिम प्रधान सेनापति महारथी श्री क्षत्री सप्ताहव्यापी भ्रमणको लागि मिति २०७२ माघ १८ गते मित्रराष्ट्र भारत प्रस्थान गर्नु भएको थियो । भ्रमणको क्रममा वहांलाई राष्ट्रपति भवनमा आयोजित एक बिशेष समारोह (Investiture Ceremony)मा भारतीय महामहिम राष्ट्रपति श्री प्रणब मुखर्जीले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा (Honorary General of  the Indian Army) को दज्र्यानी चिन्ह प्रदान गर्नु भएको थियो । 

४. भ्रमणको क्रममा वहांले भारतीय रक्षामन्त्री, गृहमन्त्री, स्थल सेनाध्यक्ष, Chief of the Naval Staff, Chiefs of Staff Committee, Chief of the Air Staff, National Security Advisor  लगायत भारतीय सेनाका विभिन्न फर्मेशन तथा युनिटका कमाण्डान्टहरुसंग भेटवार्ता गर्नु भएको थियो । त्यसैगरी वहांले  मध्य प्रदेशको ईन्दौरस्थित Army War College (MHOW), ईन्फेन्ट्री स्कुल, आर्टिलरी स्कुलको साथै लखनउस्थित Central Command
  हेडक्वार्टर र 11 Gorkha Rifles Regimental Centre को निरीक्षण भ्रमण गर्नु भएको थियो । 

५. यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमण र एक अर्को सेनाका प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने प्रचलनबाट नेपाली सेना र भारतीय सेनाबीच परम्परादेखि रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धले निरन्तरता पाउनुका साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमुधुर एवम् प्रगाढ बनाउन सफल भएको छ ।