बलाध्यक्ष रथी श्री पूर्णचन्द्र थापा United Nations Disengagement Observer Force (UNDOF) को Head of Mission तथा फोर्स कमाण्डरको कार्यभार सम्पन्न गरी स्वदेश फिर्ता

१. संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि United Nations Disengagement Observer Force (UNDOF) मिशन, सिरियामा Head of Mission तथा Force Commander को नियुक्तिमा कार्यरत नेपाली सेनाका बलाध्यक्ष रथी श्री पूर्णचन्द्र थापा मिशन अवधिको कार्यभार सम्पन्न गरी आज मिति २०७२/१०/२५ गते बेलुकी स्वदेश फिर्ता हुनु भएको छ । 
२. बलाध्यक्ष रथी श्री थापालार्ई कार्यरथी उपरथी श्री सुन्दर पुडासैनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो । रथी श्री थापा मिति २०७१/१०/२५ गते आफ्नो जिम्मेवारी सम्हाल्न काठमाण्डौबाट मिशन ईलाकातर्फ प्रस्थान गर्नु भएको थियो ।  
३. यस किसिमको जिम्मेवारीले नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनाको लागि पु¥याउंदै आएको योगदानको उच्च मुल्याङ्कन हुनुको साथै नेपाल र नेपालीको अन्तर्राष्ट्रिय क्षेत्रमा छवि उच्च पार्न थप मद्दत पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।