प्रधान सेनापति र संयुक्त राष्ट्र संघको आवासीय संयोजक Mr. Michael Patrick Jones वीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७२ माघ २९ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसंग काठमाण्डौस्थित संयुक्त राष्ट्र संघका आवासीय संयोजक (Resident Coordinator) Mr. Michael Patrick Jones ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । २. उक्त भेटघाटका क्रममा प्रधान सेनापति महारथी श्री क्षत्री र Mr. Michael Patrick Jones वीच नेपाली सेना र संयुक्त राष्ट्र संघवीच रहंदै आएको द्धिपक्षीय एवं बहुपक्षीय हितका विषयमा छलफल भएको थियो ।