प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा हाईयर कमाण्ड तथा म्यानेजमेण्ट तालिमको शुभारम्भ

१. आज मिति २०७२ फाल्गुन ०२ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले नगरकोटस्थित नेपाली सेनाको कलेज अफ कम्व्याटमा संचालन हुने सि.सं.३ हाईयर कमाण्ड तथा म्यानेजमेण्ट (Higher Command and Management Course-HCMC) तालिमको एक बिशेष समारोहका बीच शुभारम्भ गर्नु भएको छ । उक्त तालिममा २५ जना महा सेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको छ । २. कार्यक्रम शुभारम्भ गर्नुहुंदै प्रधान सेनापति महारथी श्री क्षत्रीले हालको जटिल एवम् बदलिंदो परिस्थितिमा HCMC तालिमको महत्वमाथि प्रकाश पार्नुहुंदै यस तालिम संचालनबाट शिक्षार्थीहरुको उच्चतम निर्णायक शक्ति र योजना गर्ने क्षमतामा अभिबृद्धि हुने कुरामा जोड दिनु भएको छ । त्यसैगरी, वहांले यस तालिमले प्रभावकारी रुपमा नेपाली सेनाको संगठनको विकास र छविलाई क्षेत्रिय तथा अन्तराष्ट्रियजगतमा उजागर गर्न समेत थप टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । ३. उक्त समारोहमा प्रधान सेनापति श्री क्षत्रीले सम्बन्धित विभागहरु, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, प्राज्ञहरु, प्राध्यापक वर्ग, अतिथि वक्ताहरु लगायत विभिन्न विषयसग सम्बन्धित विज्ञहरुलाई उहांहरुको योगदानका लागि कृतज्ञता ज्ञापन गर्नुभयो । यसैगरी, उक्त तालिमको प्रथम प्रवचनमा पाल्नु भएका सम्पुर्ण उपस्थित महानुभावहरुप्रति आभार व्यक्त गर्नुहुंदै उक्त तालिम संचालनमा योगदान पु¥याउने सैनिक विनय महानिर्देशनालय लगायत तालिमसंग सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । ४. उक्त समारोहको शुरुमा हाल सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी समेत सम्हाल्नु भएका व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री हिमालय थापाले स्वागत मन्तव्य दिनु भएको थियो । ५. साथै, उक्त कार्यक्रममा पूर्व प्रधान सेनापति रुकमाङ्गद कटवाल, बहालवाला तथा पूर्व रथीबृन्दहरु, सैनिक शिक्षालयका पूर्व कमाण्डाण्टहरु, रक्षा मन्त्रालयका सह सचिव, सेनानी समुह लगायत विभिन्न बिषयका बिज्ञहरुको समेत उपस्थिति रहेको थियो ।