प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा सि.सं.२२ कमाण्ड तथा स्टाफ तालिमको दिक्षान्त समारोह सम्पन्न

१. नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा संचालन भएको सि.सं.२२ कमाण्ड तथा स्टाफ तालिमको आज मिति २०७२ फागुन ०५ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा एक विशेष समारोहका वीच दिक्षान्त समारोह सम्पन्न भएको छ । २. उक्त तालिममा नेपाली सेनाका सेनानीहरु ३९ जना, सह सेनानी ३ जना, सशस्त्र प्रहरी बलका नायव उपरिक्षकहरु २ जना, नेपाल प्रहरीका नायव उपरिक्षक १ जना र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत १ जनाको सहभागीता रहेको थियो । त्यसैगरी, मित्रराष्ट्र भारत, बंगलादेश, मलेशिया, पाकिस्तान र श्रीलंकाबाट १/१ जना बिदेशी शिक्षार्थीहरु सहित कुल ५१ जना शिक्षार्थी अधिकृतहरु सफलतापूर्वक सम्पन्न गरी आज दिक्षित हुनु भएको छ । ३. उक्त तालिमको Masters in Strategic Studies (MSS) Programme तर्फ नेपाली सेनाका सेनानी सुर्य बहादुर थापा प्रथम हुनु भएको छ भने समग्र तालिममा नेपाली सेनाका सेनानी बसन्त बहादुर गौतम प्रथम हुनु भएको छ । MSS को अध्ययनमा आवश्यक पर्ने सोध पत्र (Thesis Work) अर्थात् Commandant"s Paper तर्फ नेपाली सेनाका सेनानी सरोज राणा प्रथम हुनु भएको छ । ४. उक्त दिक्षान्त समारोहमा प्रधान सेनापति महारथी श्री क्षत्रीले कमाण्ड तथा स्टाफ तालिममा सर्वप्रथम हुनु हुने नेपाली सेनाका सेनानी बसन्त बहादुर गौतमलाई “उत्कृष्ट शिक्षार्थी पुरस्कार” (Best Student Award) प्रदान गर्नुको साथै दिक्षित हुनु भएका सबै शिक्षार्थी अधिकृतहरुलाई “psc” (Passed Staff College) प्रमाण(पत्र वितरण गर्नु भएको थियो । त्यसैगरी, त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. तिर्थराज खनियाले MSS Programme तर्फ सर्वप्रथम हुनु हुने शिक्षार्थी सहित उत्तीर्ण सबै स्वदेशी तथा विदेशी शिक्षार्थी अधिकृतहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो । त्यस्तै, उक्त कलेजका शिक्षाधिकृत उपरथी श्री जगदीश चन्द्र पोखरेलले सोध पत्रमा प्रथम स्थान हासिल गर्ने शिक्षार्थीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजको प्रतिक तथा नगद पुरस्कार प्रदान गर्नु भएको थियो । ५. उक्त दिक्षान्त समारोहलाई सम्वोधन गर्ने क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले वर्तमान विश्वको बदलिंदो सुरक्षाको चूनौतिपूर्ण अवस्था र हालका दिनमा जटिल प्रकृतिको आधुनिक प्रविधिको प्रयोग सहित विद्रोह एवम् आतंकवाद विस्तार हुंदै जानुले सुरक्षा खतराहरु दिनप्रतिदिन असमान तवरले चूनौतिपूर्ण बन्दै गएकोे बताउनु भएको छ । त्यसैगरी, वहांले नेपाली सेना अराजनैतिक एवम् पेशेवररुपमा प्रजातान्त्रिक मुल्य र मान्यताको पूर्णरुपमा अनुशरण गरी आप्mनो दायित्व निर्वाह गर्दै आईरहेको नेपाली सेना देश र जनताको लागि समर्पित संस्था रहेको एवम् आमजनताको आशा र भरोसाको केन्द्रविन्दु भएको बताउनु भएको छ । सोही क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले यस तालिममा आर्जन गरेको ज्ञान, सिप र अनुभवद्वारा कुनैपनि जिम्मेवारीलाई सफल एवम् सहज ढंगले निर्वाह गर्नमा महत्वपूर्ण भूमिका खेल्नेमा पूर्ण विश्वस्त रहेको बताउनु भएको छ । ६. त्यसैगरी, प्रधान सेनापति महारथी श्री क्षत्रीले यस तालिमद्वारा दिक्षित अधिकृतहरुलाई अन्तर्राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय मानविय कानुन तथा मानव अधिकार सम्बन्धमा यथेष्ट मात्रामा ज्ञान हांसिल भएकोे विश्वास व्यक्त गर्नु भएको छ । सोही क्रममा वहांले विभिन्न राष्ट्रका सैनिकहरु समेत सम्मिलित यस तालिमले नेपाली सेना र अन्य विदेशी सैनिक वीच सैद्धान्तिक, व्यवहारिक, सांस्कृतिक एवम् विशेष अनुभवहरुको आदान प्रदान हुनगई पारस्परिक सम्बन्धमा सुदृढ पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । साथै, वहांले तालिम संचालन गर्न सहयोग पु¥याउने सैनिक अधिकृत, गैर सैनिक र प्राज्ञिक व्यक्तित्व लगायत त्रिभुवन विश्व विद्यालयले पु¥याएको सहयोग प्रति धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो । यसअघि, कार्यक्रमको शुभारम्भमा उक्त कलेजका शिक्षाधिकृतले स्वागत मन्तव्य दिनु भएको थियो । ७. उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति, विदेशी महामहिम राजदुतहरु, विदेशी सैनिक सहचारीहरु, कन्ट्रोलर तथा मानविकि तथा समाजशास्त्र संकायका डिन, बरिष्ठ प्राध्यापकहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पदाधिकारीहरु, विभिन्न विषयका प्राज्ञहरु लगायत नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, स्टाफ कलेजका पूर्व शिक्षाधिकृतहरु, नेपाली सेनाका सेनानी समूह लगायत शिक्षार्थी अधिकृतहरुको परिवारजन, महिला तथा सज्जनबृन्दहरुको समेत उपस्थिती रहेको थियो ।