प्रधान सेनापतिद्वारा “प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२” को समुद्घाटन

१. नागरिक(सैनिक सम्बन्ध सुदृढ बनाउंदै लैजान एवम् नेपाली सेनाको तर्पmबाट खेलकुदको बिकासमा समेत थप टेवा पु¥याउने उद्धेश्य अनुरुप महाशिवरात्री तथा सेना दिवस(२०७२ को उपलक्ष्यमा नेपाली सेनाद्वारा आयोजित “प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२” को आज मिति २०७२ फागुन ०९ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले एक विशेष समारोहकावीच रेफ्रीलाई भलिबल हस्तान्तरण गर्नुभई प्रतियोगिताको समुद्घाटन गर्नु भएको छ । २. नेपाली सेनाको श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कर्भडहल, लगनखेलमा आजदेखि फागुन १४ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव “ए” र “बि” टिम लगायत नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुई घरेलु विभागिय टिम तथा विगतका पांच विकाश क्षेत्रका पांच भलिबल टिमगरी जम्मा नौ टिमको सहभागिता रहेको छ । ३. प्रतियोगिताको शुभारम्भमा प्रधान सेनापति महारथी श्री क्षत्रीले हालै मित्रराष्ट्र भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागि भई विभिन्न विधामा पदक जित्न सफल नेपाली सेना तथा नेपाली सेनासंग आवद्ध खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गर्नु भएको छ । १२ औं सागमा नेपालले प्राप्त गरेको कुल पदकमध्ये नेपाली सेना र नेपाली सेनासँग आबद्ध खेलाडीहरुले ब्यक्तिगततर्फ २ र सामुहिक तर्फ १ गरी कुल ३ स्वर्ण, ११ रजत र १८ कास्य गरी जम्मा ३२ पदक हासिल गर्न सफल भएका छन् । ४. उक्त कार्यक्रममा नेपाली सेनाका भूतपूर्व प्रधान सेनापति, अन्य सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु, अखिल नेपाल भलिबल संघका पदाधिकारीहरु, नेपाली सेनाका रथीबृन्दहरु, रक्षा मन्त्रालयका उपसचिव, नेपाली सेनाका अधिकृतहरु, संचारकर्मी लगायत खेलप्रेमी दर्शकहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो । ५. उक्त प्रतियोगिता अन्तर्गत आज मध्यपश्चिम र सुदुरपश्चिम भलिबल टिमवीच भएको खेलमा सुदुरपश्चिम भलिबल टिमले जित हांसिल गरेको छ भने नेपाल प्रहरी र पश्चिमाञ्चल भलिबल टिमवीच भएको खेलमा नेपाल प्रहरी भलिबल टिमले जित हांसिल गरेको छ । त्यसैगरी, आजै त्रिभुवन आर्मी क्लबको “ए” टिम र सशस्त्र प्रहरी बलको भलिबल टिमवीच भएको खेलमा त्रिभुवन आर्मी क्लव “ए” भलिबल टिमले जित हांसिल गर्न सफल भएको छ भने त्रिभुवन आर्मी क्लबको “बि” टिम र पूर्वाञ्चल भलिबल टिमवीच खेल जारी रहेको छ । ६. नेपाली सेनाले खेलाडीहरुको मनोवल उच्च राख्न एवम् थप हौसला प्रदान गर्न विजेता खेलाडीहरुलाई रु. १० हजार देखि ३ लाखसम्मको नगद पुरस्कार र उत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप १५० सि.सि. को पल्सर मोटरसाईकल प्रदान गर्ने योजना गरेको छ । ७. यस किसिमको प्रतियोगिताले नागरिक(सैनिक सम्बन्ध सुदृढ एवम् प्रगाढ बनाउन मद्धत पुग्नुको साथै राष्ट्रिय÷अन्तराष्ट्रिय खेलकुदको बिकासमा समेत थप टेवा पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।