EX-SURYA KIRAN-IX समापन

१. मित्रराष्ट्र भारतको पिथौरागढमा संचालन हुने नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास "Indo-Nepal Joint Group Training EX-SURYA KIRAN-IX" को आज मिति २०७२ फागुन ०९ गते नेपाली सेनाका उपरथी श्री शेखर सिंह बस्न्यातले एक समारोहका बिच समापन गर्नु भएको छ । २. उक्त अवसरमा भारतका ११९ औं ईन्फेन्ट्री बृगेडका बृगेड कमाण्डर बृगेडियर जनरल Rakesh Manocha लगायत नेपाली सेनाका अधिकृत, पदिक र सकलदर्जाको उपस्थित रहेको थियो । ३. प्रतिविद्रोह तथा जंगल वारफेयर, Disaster Management अन्तर्गत Pandemic/Epidemic Disaster, Counter Insurgency तथा Counter Terrorism, Disaster Relief and Casualty Evacuation मा हेलिकोप्टरको समेत प्रयोग गरी संचालन भएको उक्त अभ्यासको यो नवौं संस्करण हो । नेपाली सेनाबाट प्रमुख सेनानी श्री अशोक बहादुर चन्दको नेतृत्वमा ३०० जना र भारतीय सेनाबाट ३०५ गरी जम्मा ६०५ जनाको नफ्रि समावेश भई संचालन भएको । यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुर्य किरणको आठौं संस्करण नेपाली सेनाको एकिकृत सैनिक तालिम केन्द्र, सालझण्डीमा सम्पन्न भएको थियो । ४. यस संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा जंगलमा गर्नुपर्ने युद्धकला सम्बन्धि प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अभ्यास गरेका छन् । यस अभ्यासले नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान सैनिक संगठनको तल्लो निकायसम्म पु¥याउन सहयोग पुगेको छ । नेपाली सेना र भारतीय सेना वीचको यस किसिमको सैनिक अभ्यासले दुई देश वीच सदियौं देखि रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवं सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।