“प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२” जारी

१. नेपाली सेनाको श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कर्भडहल, लगनखेलमा मिति २०७२ फागुन ०९ गतेदेखि जारी “प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२” अन्तरगत आज मिति २०७२ फागुन १० गते त्रिभुवन आर्मी क्लबको “ए” टिम र मध्यपश्चिमाञ्चल भलिबल टिमवीच भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबको “ए” भलिबल टिमले जित हासिल गर्न सफल भएको  छ ।

२. त्यसैगरी, आजै नेपाल प्रहरी र त्रिभुवन आर्मी क्लबको “बि” टिमवीच भएको खेलमा नेपाल प्रहरी भलिबल टिमले जित हासिल गरेको छ भने सशस्त्र प्रहरी बल र मध्यमाञ्चल भलिबल टिमवीच भएको खेलमा सशस्त्र प्रहरी बल भलिबल टिमले जित हासिल गर्न सफल भएको छ । त्यस्तै, पूर्वाञ्चल भलिबल टिम र पश्चिमाञ्चल भलिबल टिमवीच भएको खेलमा पश्चिमाञ्चल भलिबल टिमले जित हासिल गर्न सफल भएको छ भने त्रिभुवन आर्मी क्लबको “ए” टिम र सुदुर पश्चिमाञ्चल भलिबल टिमवीच खेल जारी रहेको छ ।