“प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२” जारी

१. नेपाली सेनाको श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कर्भडहल, लगनखेलमा मिति २०७२ फागुन ०९ गतेदेखि जारी “प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२” अन्तरगत आज मिति २०७२ फागुन १२ गते मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल भलिबल टिमवीच भएको पहिलो खेलमा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई  २५-१०, २५-१६ र २५-२१ ले हराएको छ  ।
२. त्यसैगरी, आजै सशस्त्र प्रहरी क्लव र सुदुरपश्चिमाञ्चल भलिबल टिमवीच भएकोे खेलमा सशस्त्र प्रहरी क्लवले सुदुरपश्चिमाञ्चललाई २५-२१, २५-०८ र २५-१२ ले हराएको छ । त्यस्तै, त्रिभुवन आर्मी क्लबको “ए” र मध्यमाञ्चल भलिबल टिमवीच भएको खेलमा त्रिभुवन आर्मी क्लबको “ए” टिमले मध्यमाञ्चललाई  २५-११, २५-२४ र २५-१२ ले हराएको छ ।