“प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२” अन्तरगत सेमिफाईनल खेल सम्पन्न

१. नेपाली सेनाद्धारा आयोजित “प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२” अन्तरगत आज मिति २०७२ फागुन १३ गते अपरान्ह नेपाली सेनाको श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कर्भडहल, लगनखेलमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी क्लब भलिबल टिमवीच भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी क्लबलाई २५-१६, २५-१२ र २६-२४ अन्तरले पराजित गरी फाईनलमा प्रवेश गरेको छ । 

२. त्यसैगरी, आजै त्रिभुवन आर्मी क्लबको “ए” र “बि” भलिबल टिमवीच भएको खेलमा त्रिभुवन आर्मी क्लबको “ए” टिमले “बि” टिमलाई  २५-१८, २५-२०, २२-२५ र २५-१६ अन्तरले पराजित गरी फाईनलमा प्रवेश गरेको छ । 

३. साथै, भोली मिति २०७२ फागुन १४ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा नेपाली सेनाको श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कर्भडहल, लगनखेलमा अपरान्ह १३०० बजे त्रिभुवन आर्मी क्लबको “ए” टिम र नेपाल पुलिस क्लबको भलिबल टिमवीच फाईनल खेल एवम् पुरस्कार वितरण समारोह कार्यक्रम रहेको छ ।