प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा मध्य पृतना हे.क्वा. अन्तर्गतका युनिटको निरीक्षण भ्रमण

१. आज मिति २०७२ फागुन १६ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा मध्य पृतना हे.क्वा. अन्तर्गत महोत्तरी जिल्लाको पर्कौलीस्थित नेपाली सेनाको श्री फष्ट राईफल गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरिक्षणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले उक्त गणको क्वाटर गार्डको निरीक्षण गर्नुभई गणको वस्तुस्थिति, बन्दोबस्ती, तालिम लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो । सोही क्रममा गणका सकलदर्जालाई सम्बोधन गर्नुहुँदै प्रधान सेनापति श्री क्षत्रीले देशको विद्यमान परिस्थिति र नेपाली सेनाको नीतिगत एवम् कल्याणकारी कार्यहरुको बारेमा जानकारी गराउनु भएको छ । त्यस्तै, वहांले नेपाली सेनाले गौरवशाली लामो इतिहासलाई जोगाउंदै नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा राष्ट्रिय एकताको सदैव रक्षा गर्नुको साथै स्थानीय प्रशासनलाई सहयोग, पर्यावरणीय संरक्षण, राष्ट्र निर्माण र विकास एवम् विपद् व्यवस्थापनमा मानवीय सहयोग गर्दै आईरहेको हुंदा राष्ट्रिय हित र स्वार्थहरुको संरक्षण, सम्बद्र्धन एवम् प्रबद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ ।

३. त्यसैगरी, वहांले नेपाली सेना सारा नेपाली जनताको राष्ट्रिय सेना भएकोले नेपाली सेनाको मुल्य, मान्यता तथा मुलुक र जनताप्रतिको जिम्मेवारीलाई मध्यनजर राख्दै बर्तमान अवस्थामा उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भइ मुलुक र मुलुकबासीको हीत रक्षार्र्थ अनुशासित, संयम एवम् पेशेवर ढंगले कटिबद्ध भइ लाग्नुपर्नेमा सकलदर्जालाई बिशेष जोड दिनुभएको छ ।

४. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री हिजो मिति २०७२ फागुन १५ गते विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न भएको विराट गोल्डकपको समापन समारोहमा सहभागी भई विशेष अभिरुचीकासाथ खेलको अवलोकन गर्नुको साथै विजयी टोलीलाई पुरस्कार समेत वितरण गर्नु भएको थियो ।

५. उक्त निरिक्षण भ्रमण कार्यक्रम सम्पन्न गरी प्रधान सेनापति श्री क्षत्री आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।