“प्रधान सेनापति प्रथम खुल्ला म्याराथन दौड प्रतियोगिता २०७२” सम्पन्न

१.    नागरिक–सैनिक सम्बन्ध सुदृढ बनाउंदै लैजान एवम् नेपाली सेनाको तर्पmबाट खेलकुदको बिकासमा समेत थप टेवा पु¥याउने उद्देश्य अनुरुप महाशिवरात्री तथा सेना दिवस–२०७२ को उपलक्ष्यमा नेपाली सेनाद्वारा आयोजित “प्रधान सेनापति प्रथम खुल्ला म्याराथन दौड प्रतियोगिता २०७२” को आज मिति २०७२ फागुन २२ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा जंगी अड्डा अगाडीको खेल मैदानमा एक विशेष समारोहकाबीच सम्पन्न भएको छ । <o:p></o:p>

२.    यसै क्रममा नेपाली सेनाले Run For Fun को रुपमा संचालन गरेको उक्त प्रतियोगिता करिब ४ हजार जनाको सहभागिता रहेको थियो । जसअन्तर्गत म्याराथन ४२.१९५ कि.मि. मा गोपी चन्द्र पार्की (सशस्त्र प्रहरी बल) प्रथम, राजन खत्री (नेपाली सेना) द्वितीय, होमलाल श्रेष्ठ  (नेपाली सेना) तृतीय, खगेन्द्र भाट (नेपाली सेना) चौथो, भुमिराज राई (नेपाल प्रहरी) पाचौं र पुर्ण तामाङ्ग (नेपाली सेना) छैठौं स्थान हासिल गर्न सफल हुनुभएको छ । यसैगरी, खुल्ला हाफ म्याराथन (२१ कि.मि. विदेशी महिला) मा Mrs. Lindsay Pipes प्रथम, Mrs. Stephanie Reed द्वितीय र  Mrs. Tammy Ruvino तृतीय र खुल्ला हाफ म्याराथन (२१ कि.मि. महिला) मा रेशु बस्नेत (नेपाली सेना) प्रथम, सरिता बासी (नेपाली सेना) द्वितीय र पुष्पा भण्डारी (सशस्त्र प्रहरी बल) तृतीय तथा खुल्ला हाफ म्याराथन (२१ कि.मि. पुरुष) मा हरी कुमार रिमाल (नेपाली सेना) प्रथम, लाल बहादुर थापा (नेपाली सेना) द्वितीय र लक्ष्मण मल्ल  (सशस्त्र प्रहरी बल) तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ । यसैगरी, १० कि.मि.      (विदेशी महिला) मा Ms. Franziska Seecloefer प्रथम र १० कि.मि. (विदेशी पुरुष) मा Mr. Idan Elias प्रथम, Mr. Nadav Shemesh द्वितीय र Mr. Simon Castro Woldridge तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ । साथै १० कि.मि. (महिला सैनिक अधिकृत) मा उप सेनानी श्री निरा खड्का प्रथम, सह सेनानी श्री तिल कुमारी श्रेष्ठ द्वितीय र उप सेनानी श्री संचिता के.सी. तृतीय तथा १० कि.मि. (पुरुष सैनिक अधिकृत) मा सेनानी श्री मधु थापा प्रथम, उप सेनानी श्री नारायणदत्त अधिकारी द्वितीय र सह सेनानी श्री टेक बहादुर कार्की तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ । यसैगरी ५ कि.मि. (सैनिक विद्यालयका छात्रा र उपत्यका भित्रका सकलदर्जाका छोरीहरु) मा संगिता खड्का प्रथम, सुनिता श्रेष्ठ द्वितीय र सुजाता दर्लामी मगर तृतीय तथा ५ कि.मि. (सैनिक विद्यालयका छात्र र उपत्यका भित्रका सकलदर्जाका छोराहरु) मा सुरेश थापा मगर प्रथम, सागर श्रेष्ठ द्वितीय र मनोज कार्की तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ ।

३.    उक्त समारोहमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले “प्रधान सेनापति प्रथम खुल्ला म्याराथन दौड प्रतियोगिता २०७२” अन्तर्गत म्याराथन ४२.१९५ कि.मि. प्रतियोगितामा प्रथम हुने गोपीचन्द्र पार्कीलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गर्नु भएको थियो । यसैगरी, उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाई खेलकुद क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर गर्दैै मरणोप्रान्त Life Time Achievement Award बाट स्वर्गीय सह सेनानी श्री गजराज जोशी (अ.प्रा.), स्वर्गीय सुवेदार मिन बहादुर बिष्ट (अ.प्रा.), स्वर्गीय अमल्दार भुपेन्द्र सिलवाल (अ.प्रा.) र स्वर्गीय अमल्दार गंगा बहादुर थापा (अ.प्रा.) लाई सम्मान गरिएको थियो । यसै क्रममा मानार्थ उप सेनानी श्री भक्त बहादुर सापकोटा (अ.प्रा.), जमदार जित बहादुर के.सी. (अ.प्रा.), हुद्धा वैकुण्ठ मानन्धर (अ.प्रा.) र अमल्दार मुकुन्द हरी श्रेष्ठ (अ.प्रा.) समेतलाई मेहेनत एवं समर्पणको कदर गर्दै Life Time Achievement बाट सम्मान गरिएको थियो ।

४.    उक्त समापन समारोह कार्यक्रममा रक्षा सचिव लगायत विभिन्न मन्त्रालयका सचिवहरु, नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालयहरुका उच्च पदस्थ अधिकारीहरु, रथीबृन्द, अन्य सुरक्षा निकायका प्रमुखहरु, सैनिक सहचारी र कुटनीतिक नियोगका प्रमुखहरु, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटि, पत्रकार खेलकुद मञ्च, राष्ट्रिय कलाकारहरु, समाजका प्रतिष्ठित व्यक्तित्वहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरु, संचारकर्मी, विद्यालयका छात्र÷छात्राहरु लगायत खेलप्रेमी दर्शकहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।

५.    “स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद” भन्ने अवधारणालाई आत्मसाथ गर्दै नेपाली सेनाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद उत्थानको लागि सदैव लागि परेको छ । नेपाली सेनाद्वारा आयोजित “प्रधान सेनापति प्रथम खुल्ला म्याराथन दौड प्रतियोगिता २०७२” मा खेलाडीहरुले गरेको प्रदर्शन, पेशागत दक्षता तथा खेलप्रतिको विश्वासले यस प्रतियोगितालाई अझ बढी सार्थक तथा भविष्यमा पनि निरन्तरताको आवश्यकता महसुश गराएको छ ।