"महाशिवरात्री तथा सेना दिवस २०७२" को उपलक्ष्यमा प्रधान सेनापतिद्वारा नेपाली सेनाका सकलदर्जालाई सम्बोधन

१. "महाशिवरात्री तथा सेना दिवस २०७२" को शुभ उपलक्ष्यमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७२ फागुन २३ गते जंगी अड्डास्थित सभामण्डप हलमा एक समारोहबीच नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्नु भएको छ । सोही अवसरमा वहांले नेपाली सेनाद्वारा प्रकाशित "कफि टेवल" बुक पांचौ संस्करणको समेत विमोचन गर्नु भएको छ ।

२. नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्ने क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले नेपालको संविधानले सुम्पेको जिम्मेवारीहरु असरदार रुपमा बहन गर्न नेपाली सेना हरहमेशा कटिबद्ध, सक्षम र तयार रहेकोले नेपाल सरकारले राष्ट्र र जनताको सर्वोपरी हितको लागि संवैधानिक प्रक्रिया अनुरुप प्रदान गर्ने सबै जिम्मेवारीहरुको पूर्णरुपमा पालना गर्नु नेपाली सेनाको प्रमुख दायित्व रहेको बताउनु भएको छ ।

३. त्यसैगरी, वहांले सुरक्षा कारवाही राजनीतिक प्रक्रियालाई सहज बनाउन उपयुक्त वातावरण श्रृजना गरी दिने माध्यम मात्र भएकोले सुरक्षा चुनौतीको दिगो समाधान राजनीतिक रुपमा गरिनुपर्ने भएतापनि देश नै टुक्राउने खालका तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पुर्‌याउने प्रवृत्तिका सुरक्षा चुनौतीहरु श्रृजना भएमा नेपाल सरकारको निर्देशानुसार विधिसम्मत् तरिकाले नेपाली सेना स्वतः परिचालन हुने बताउनु भएको छ । त्यस्तै, राष्ट्रिय हित प्रतिकुलका अवान्छित गतिविधिहरुको नेपाली सेनाले नजिकबाट सुक्ष्म तरिकाले अध्ययन र विश्लेषण गरी सोही अनुसारको रणनीति तयार गरी रहेको बताउनु भएको छ । नेपाली सेना, सारा नेपाली जनताको साझा राष्ट्रिय सेना भएकोले प्राप्त जिम्मेवारीहरु प्रभावकारी ढंगबाट वहन गर्न चुस्त अपरेशनल तयारीपन र पेशागत दक्षता भएको फौजको रुपमा नेपाली सेनालाई आधुनिकीकरण गर्न अति आवश्यक रहेको बताउनु हुंदै वास्तवमा सेनाको लोकतान्त्रिकरण भनेकै पेशागत रुपमा दक्ष, व्यवसायिक र आधुनिक फौजको रुपमा विकास गर्नु रहेको बताउनु भएको छ । त्यस्तै, सेनाको सफलताको लागि एक प्रमुख आधार भनेको असरदार तालिम रहेकोले यसलाई विशेष जोड दिनुपर्ने बताउनु भएको छ ।

४. त्यस्तै वहांले देशमा समय समयमा हुने इन्धन अभावको कारण नियमित कार्यहरुमा पु¥याउने असरलाई दीर्घकालीन रुपमा समाधान गर्न बायो ग्यांस प्लाण्ट जडान गर्ने, नागरिक(सैनिक सम्बन्धको विकासमा जोड दिंदै आगामी दिनहरुमा राष्ट्रिय सेवा दलले गरिरहेको युवा नेतृत्व विकास कार्यक्रमको दायरालाई थप फराकिलो बनाउंदै देशका सबै जिल्लाहरुमा यसको पहुंच विस्तार गर्ने र वेत्रावती-रसुवागढी सडकको मैलुङ्ग स्याफ्रुवेसी खण्ड विस्तार तथा स्तरोन्नती समय अगावै सम्पन्न गर्न अघि बढेको बताउनु भएको छ । त्यसैगरी, वहांले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सैनिक संरचनाहरुको पुनर्निर्माण तिव्ररुपले गर्नुपर्ने बताउनु हुंदै विनाशकारी भूकम्पबाट नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त ५१,५२३ जना सैनिकहरुलाई पुग्न गएको क्षतिप्रति संवेदनशील भई सैनिक कल्याणकारी कोषबाट रु. २ अर्ब ३९ करोड ९८ लाख ३२ हजार राहत वितरण गरिसकिएको साथै Quick Impact Project हरुमा श्रमदान बाहेक नेपाली सेनाले करिब रु. २८ लाख ५० हजार उपलब्ध गराईसकिएको जानकारी गराउनु भएको छ ।

५. सम्बोधनको अन्त्यमा, प्रधान सेनापति महारथी श्री क्षत्रीले नेपाली सेनालाई कर्तव्यपथमा अविचलित रहन निरन्तर प्रेरणा दिई रहनुहुने स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण आदरणीय नेपालीहरु, नेपाल सरकारका विभिन्न निजामति एवम् अन्य सुरक्षा निकायमा कार्यरत महानुभावहरु, मित्रराष्ट्रका सैनिक संगठनहरु, संचारजगत, विभिन्न संघसंस्थाहरु र प्रकृति संरक्षण तथा खेल क्षेत्रमा सहयोग पुर्‍याउनु हुने सम्पूर्ण महानुभावहरुप्रति नेपाली सेनाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुहुंदै सेना दिवस २०७२ को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।

६. उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिति रहेको थियो ।