प्रधान सेनापतिद्वारा सैनिक “वीर स्मारक” छाउनीमा माल्यार्पण तथा हार्दिक श्रद्धाञ्जली

१. महाशिवरात्री तथा सेना दिवस २०७२ को शुभ उपलक्ष्यमा छाउनी स्थित सैनिक “वीर स्मारक” मा आज मिति २०७२ फागुन २३ गते विहान प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले नेपाल र नेपालीको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र रक्षाको लागि आफ्नो जीवनको आहुती दिने वीर वीरङ्गनाहरु प्रति पुष्पमाला सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।

२. सोही अवसरमा नेपाली सेनाको एक टुकडीले वीर वीरङ्गाना प्रति सम्मानगारत अपर्ण गरेको थियो । उक्त कार्यक्रममा पूर्व प्रधान सेनापतिहरु, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्दहरु, सेनानी समुह, अवकाश प्राप्त अधिकृत, पदिक तथा अन्यदर्जाहरुको साथै वीरगति प्राप्त गर्ने सैनिकहरुका स्वजनहरुको समेत उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।