पृतनापति समन्वयात्मक बैठक २०७२ सम्पन्न

१. आज मिति २०७२ फागुन २३ गते जंगी अड्डामा पि.एस.ओज रथीबृन्दहरु तथा पृतनापतिहरु सम्मिलित “पृतनापति समन्वयात्मक बैठक–२०७२” सम्पन्न भएको छ ।

२. समन्वयात्मक बैठकको शुभारम्भमा बलाध्यक्ष रथी श्री पूर्णचन्द्र थापाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । यसैबीच, समन्वयात्मक बैठकको क्रममा नेपाली सेनाको सैनिक समाचार महानिर्देशनालयले समग्र वस्तुस्थितिको विश्लेषण तथा समिक्षा प्रस्तुत गरेको थियो भने सबै पृतनापतिहरुले आ–आफ्नाे जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नुको साथै वर्तमान वस्तुस्थितिबाट उत्पन्न सुरक्षा चुनौतीहरु तथा समसामयिक बिषयवस्तुमा छलफल एवम् अन्तरक्रिया भएको थियो ।

३. उक्त समन्वयात्मक बैठकले नेपाली सेनाको लागि देश, जनता र संविधान प्रेरणादायी श्रोत भएको, देशको विद्यमान परिस्थितिप्रति नेपाली सेना पूर्णरुपमा सचेत रहेको र उत्पन्न परिस्थिति तथा नेपाल सरकारले तोकेको कुनैपनि जिम्मेवारी बहन गर्न सदैव तयार रहेको एवम् भूकम्पबाट क्षतीग्रस्त संरचनाको लागि अति प्रभावित जिल्लाहरुमा नेपाल सरकारले पूनः निर्माणको लागि जिम्मेवारी दिएमा यथासिघ्र कार्य गर्न तयार रहने निष्कर्ष समेत निकालेको छ ।

४. यसैगरी, कार्यक्रमको अन्त्यमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले समापन मन्तव्य व्यक्त गर्नुहुंदैै सुरक्षा कारवाही राजनीतिक प्रक्रियालाई सहज बनाउन उपयुक्त वातावरण श्रृजना गरी दिने माध्यम मात्र भएकोले सुरक्षा चुनौतीको दिगो समाधान राजनीतिक रुपमा गरिनुपर्ने भएतापनि देश नै टुक्राउने खालका तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पु¥याउने प्रवृत्तिका सुरक्षा चुनौतीहरु श्रृजना भएमा नेपाल सरकारको निर्देशानुसार विधिसम्मत् तरिकाले नेपाली सेना स्वतः परिचालन हुने बताउनु भएको छ । त्यसैगरी, वहांले अबका दिनहरुमा राष्ट्र र जनता दुवैलाई राष्ट्रिय सुरक्षाका सन्दर्भमा केन्द्रबिन्दुका रुपमा लिई नीति निर्माण गर्नुपर्ने अवस्था श्रृजना भएको बताउनु भएको छ । निर्देशनकोे क्रममा प्रधान सेनापति श्री क्षत्रीले विभागिय प्रमुखहरु तथा पृतनापतिहरुलाई नियमित संस्थागत जिम्मेवारी तथा कार्यहरुको अलवा हाल देशमा विकसित परिस्थितिले श्रृजना भएको अपरेशनल चुनौती तथा सांगठनिक सुदृढिकरणका क्षेत्रहरुमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन समेत दिनु भएको छ ।

५. प्रत्येक वर्ष सेना दिवसको अवसरमा नियमित रुपमा गरिदै आएको पृतनापति समन्वयात्मक बैठक यस वर्ष “सेना दिवस २०७२” को अवसरमा आयोजना गरिएको हो । उक्त सम्मेलनमा रक्षा सचिव श्री जयमुकुन्द खनाल, सबै पृतनापतिहरु लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

६. यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाको माध्यमबाट आउने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति निर्माणमा ठोस योगदान पु¥याउन थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।