“महाशिवरात्री तथा सेना दिवस २०७२” सम्पन्न

१. आज मिति २०७२ फागुन २४ गते टुँडिखेलस्थित सैनिक मञ्चमा विविध रोचक कार्यक्रमहरुका साथ “महाशिवरात्री तथा सेना दिवस २०७२” नेपाली सेनाका परमाधिपति सम्माननीय राष्ट्रपति श्रीमती बिद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

२. सेना दिवसको शुभ अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती बिद्यादेवी भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नु भई वीर शहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्नु भएको थियो । यसैगरी नेपाली सेनाको सैनिक टुकडीले सम्माननीय राष्ट्रपतिज्यूको सम्मानमा सम्मान गारत अपर्ण गरेको थियो ।

३. सेना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरद्वारा व्यानर प्रदर्शन गरिएको थियो भने राईफल र तोपबाट महाशिवरात्री वढा“ई गरिएको थियो । साथै, बढाँई कवाजले ओम आकार र नेपाली राष्ट्रिय झण्डाको आकृति समेत प्रस्तुत गरेको थियो । सोही समारोहमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीबाट निशान प्राप्त गरेको श्री नं.१ जगदल गण र अन्य गण÷गुल्महरुले इज्जत अर्पण कवाज प्रस्तुत गरेका थिए भने विभिन्न पृतनाहरुबाट आ–आफ्नो क्षेत्रको सस्कृति झल्कने झांकी प्रस्तुत गरिएको थियो । झांकी प्रदर्शनको क्रममा पूर्वी पृतना हे.क्वा.बाट साकेला नृत्य, मध्य पृतना हे.क्वा.बाट झुम्रा नृत्य, उपत्यका पृतना हे.क्वा.बाट तामाङ सेलो र नेवारी नृत्य, पश्चिम पृतना हे.क्वा.बाट हिमाली नाच, मध्य पश्चिम पृतना हे.क्वा.बाट लाठी र सिंगारु नृत्य तथा सुदुर पश्चिम पृतना हे.क्वा.बाट छलिया नृत्य प्रस्तुत गरिएको थियो ।

४. उक्त समारोहमा मार्चपास, मास पि.टी अन्तरगत सुट टु किल, तेक्वान्दो र खुकुरी ड्रिल प्रदर्शन गरिएको थियो भने फ्रि–फल जम्प, फ्लाई पास्ट, आर्मी अनआर्मड कम्व्याट, Aikido र व्याण्ड डिस्प्ले समेत प्रस्तुत गरिएका थिए । यसैगरि, विविध सैनिक कला अन्तर्गत विशेष फौज बाहिनीद्धारा Disaster Rescue Operationको डेमो प्रदर्शन गरिएको थियो भने विशेष फौज बाहिनी अन्तर्गत श्री महावीर गण (रेञ्जर) को Disaster Assessment and Response Team (DART) द्धारा ALH हेलिकप्टरको सहायताबाट घाईतेको उद्दार गरिएको र श्री युद्धभैरव गण (स्पेशल फोर्स) बाट Combined Monkey System झ बाट घाईतेको उद्दार गरिएको डेमो देखाइएको थियो । यसै क्रममा हाल नेपाली सेनाको विभिन्न प्रयोजनमा रहेका विविध सवारी साधन तथा उपकरणहरु समेत प्रस्तुत गरिएको थियो ।

५. कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिले नेपाली सेनाको वार्षिक प्रकाशन “सिपाही बार्षिक २०७२” को विमोचन गर्नुका साथै फ्रि–फल जम्पमा प्रथम हुने हुद्धा राम बहादुर बस्नेत र द्धीतिय हुने सह सेनानी टेक बहादुर कार्कीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

६. सेना दिवस समारोहकै अवसरमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले श्री नं. १ जगदल गणलाई निशान प्रदान गर्नुभएको थियो । यसैगरि, उहा“ले प्रकृति संरक्षण ट्रफिमा गुल्मस्तर र गणस्तरमा प्रथम भएका श्री बराहदल गुल्म र श्री श्रीजंग गणलाई प्रकृति संरक्षण ट्रफि प्रदान गर्नुभएको थियो । सोही क्रममा उहा“ले प्रधान सेनापति ट्रफि खेलकुद प्रतियोगितामा प्रथम भएको श्री पूर्वी पृतनालाई प्रधान सेनापति ट्रफि प्रदान गर्नुभएको थियो । त्यसैगरी वहाँले यसै अवसरमा नेपाली सेनाका ८८ जनालाई मानार्थ उप सेनानी तथा १ जनालाई मानार्थ सह सेनानी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको थियो भने २१८ जना सैनिक एवं गैर सैनिक व्यक्तिहरुलाई प्रधान सेनापति प्रशंसा निशान (COAS Commendation Badge)  प्रदान गर्नु भएको थियो ।

७. उक्त कार्यक्रममा सम्माननीय उप–राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय प्रधानन्यायाधीश, माननीय उप प्रधानमन्त्रीहरु, माननीय मन्त्रीगणहरु, विभिन्न संवैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु लगायत नेपाल सरकारका अन्य विशिष्ट पदाधिकारीहरु, विभिन्न विदेशी दुतावासका महामहिम राजदुतहरु, नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरु, विभिन्न मुलुकहरुका सैनिक सहचारीहरु, सञ्चारकर्मीहरु लगायत ठुलो संख्यामा परिवारजन तथा सर्वसाधारणहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।