Multinational Planning Augmentation Team (MPAT) Tempest Express-28 Workshop शुभारम्भ

१. मित्रराष्ट्र अमेरिकी सेनाको Pacific Command (USPACOM) तथा नेपाली सेनाको सह-आयोजकत्व (Co-Host) मा काठमाण्डौस्थित होटल र्‍याडिसनमा संचालन हुन लागेको Multinational Planning Augmentation Team (MPAT) Tempest Express-28 Workshop को आज मिति २०७२ फागुन २७ गते बलाध्यक्ष रथी श्री पूर्णचन्द्र थापाले एक समारोहबीच समुद्घाटन गर्नु भएको छ ।

२. मित्रराष्ट्र अमेरिकाले नेपाल सरकारमार्फत नेपाली सेनासंगको सह आयोजकत्वमा भूकम्पको परिदृश्यमा आधारित MPAT Tempest Express-28 नामक Workshop/Exercise    आजदेखि चैत्र ५ गतेसम्म आयोजना गर्न लागेको हो । विपद् व्यवस्थापन सम्बन्धी सैनिक, गैर सैनिक तथा अन्य विभिन्न निकायबीच प्रभावकारी समन्वय विकास गर्ने उद्धेश्यले संचालन हुन लागेको उक्त वर्कशपमा नेपाली सेनाका ६० जना र विभिन्न १८ देशका १८० जना गरी कुल २४० जनाको सहभागिता रहेको छ ।

३.  मित्रराष्ट्र अमेरिकाको Pacific Command ले सन् २००० बाट शान्ति स्थापना कार्य, मानवीय सहयोग तथा विपद् उद्धार कार्य गर्ने क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले Multinational Planning Augmentation Team (MPAT)  मार्फत विभिन्न राष्ट्रहरुलाई सहयोग प्रदान गर्दे आईरहेको छ । नेपाल MPAT संस्थापक राष्ट्रहरु मध्ये एक भएको र नेपाली सेनाले शुरुदेखि नै यस्ता कार्यक्रमहरुमा सहभागिता जनाउंदै आईरहेको छ । सोही अनुरुप USPACOM तथा नेपाली सेनाको सह आयोजकत्वमा विगतमा मिति २०६६ भाद्र १० देखि १९ गतेसम्म नेपालमा MPAT Tempest Express-17  आयोजना गरिएको थियो ।

४. विभिन्न बहुराष्ट्रिय निकाय, नेपाल सरकार सम्बद्ध सरकारी तथा गैर सरकारी निकायहरु सहभागी भई संचालन भएको यस किसिमको अभ्यासबाट उनीहरुबीच सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान भई भविष्यमा प्रभावकारी रुपमा विपद् प्रतिकार्यको क्षमता अभिबृद्धि गर्न, सहि प्रकृयाको निर्धारण गर्न, व्यवहारिक समन्वय संयन्त्रको स्थापना एवम् विकास गर्न विशेष सहयोग पुग्ने देखिएको छ । साथै, यस अभ्यासमा "विनाशकारी भूकम्प २०७२" मा सिकेका पाठहरु तथा अनुभव गरिएका परिदृश्यहरुलाई चित्रण गरी अभ्यासको परिकल्पना गरिएको हुंदा भविष्यमा ज्यादै प्रभावकारी हुने विश्वास नेपाली सेनाले लिएको छ ।

५. उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द नेपाल सरकार सम्बद्ध विभिन्न सरकारी एवम् गैर सरकारी निकाय तथा विदेशी संघ संस्थाहरुका उच्चस्तरका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।