प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा अधिकृत क्याडेटहरुको दिक्षान्त समारोह सम्पन्न

१. नेपाली सेनाको भक्तपुर खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालन भईरहेको सि.सं.५४ अधिकृत क्याडेट आधारभूत तालिमका शिक्षार्थीहरुको आज मिति २०७२ फागुन २८ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा एक विशेष समारोहकाबीच दिक्षान्त समारोह सम्पन्न भएको छ । यस किसिमको समारोहमा नेपाली सेनाका प्रधान सेनापतिको उपस्थित रहेको यो पहिलो पटक हो भने वहां नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीबाट दिक्षित हुनुहुने पहिलो प्रधान सेनापति समेत हुनुहुन्छ ।

२. उक्त तालिममा स्वदेशी अधिकृत क्याडेट पुरुष ९४ जना, विदेशी अधिकृत क्याडेट केन्याका १, नाईजेरियाका १ र मालदिभ्सका १ गरी ३ जना तथा महिला अधिकृत क्याडेट १० गरी जम्मा १०७ जना अधिकृत क्याडेटहरु आज दिक्षित हुनु भएको छ । उक्त समारोहको शुभारम्भमा नेपाली सैनिक प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी श्री दिपक प्रसाद भारतीले स्वागत मन्तव्य व्यक्त गर्नुभई नेपाली सैनिक प्रतिष्ठानको संक्षिप्त ईतिहास लगायत प्रतिष्ठानको स्थापना र भूमिकाको बारेमा जानकारी गराउनु भएको थियो ।

३. सोही समारोहमा त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. श्री तिर्थराज खनियाले दिक्षित अधिकृत क्याडेटहरुलाई लब्धाङ्क पत्र प्रदान गर्नु भएको थियो भने प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले चारित्रिक प्रमाण पत्र प्रदान गर्नु भएको थियो । उक्त अवसरमा ब्अबमझष्अ क्तगमष्भक तर्पm सर्वप्रथम हुने अधिकृत क्याडेट अभिषेक बस्नेतलाई प्रधान सेनापति महारथी श्री क्षत्रीले पुरस्कार प्रदान गर्नु भएको थियो भने ँबअगतिथ त्यउउभच अधिकृत क्याडेटहरुलाई उपकुलपति डा. श्री खनियाले पुरस्कार वितरण गर्नु भएको थियो । उक्त समारोहमा त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. श्री तिर्थराज खनिया र नेपाली सैनिक प्रतिष्ठानका डिन प्राध्यापक डा. श्री जितेन्द्र ध्वज खांडले समेत आ(आप्mनो् मन्तव्य व्यक्त गर्नु भएको थियो ।

४. सो कार्यक्रममा दिक्षित अधिकृत क्याडेटहरुलाई सम्बोधन गर्नुहुंदै प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले दिक्षान्त समारोहमा सरिक हुन पाएकोमा खुसी व्यक्त गर्दै स्वदेशी तथा विदेशी अधिकृत क्याडेटहरुलाई निरन्तर मेहनतको प्रतिफलस्वरुप स्नातक तह उत्तिर्ण गरी प्रमाण पत्र प्राप्त गरेकोमा हार्दिक बधाई ज्ञापन गर्नु भएकोे छ । त्यसैगरी, वहांले नेपाली सैनिक प्रतिष्ठानबाट प्राप्त गरेको ज्ञान र सिपबाट भविष्यमा अधिकृत भए पश्चात् नेपाली सेनाको खम्बाको रुपमा विकास गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

५.  सोही अवसरमा प्रधान सेनापति श्री क्षत्रीले नेपाली सैनिक प्रतिष्ठानको आदर्श वाक्य “ज्ञान सेवा नेतृत्व” अनुरुप प्रशिक्षण दिई सेनाको सुयोग्य, कर्मठ, ईमान्दार, कर्तव्यनिष्ठ र अनुशासित अधिकृतहरु उत्पादन गर्न योगदान दिने शिक्षाधिकृत लगायत सम्पूर्ण अधिकृत, पदिक तथा अन्यदर्जाका शिक्षकहरुका साथै वौद्धिक ज्ञान अभिबृद्धि गर्दै शैक्षिक अध्यापनतर्पm निरन्तर रुपमा योगदान पु¥याउनु हुने डिन, प्राध्यापक तथा नेपाल सरकारसंग सम्बन्धित विभागहरुका प्रतिनिधिहरुलाई समेत हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको छ ।

६. उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, डिन, प्राध्यापक तथा नेपाल सरकारसंग सम्बन्धित विभागका पदाधिकारीहरु, नेपाली सेनाका अधिकृत, पदिक एवं अन्य दर्जाहरुका साथै दिक्षान्त हुनु भएका अधिकृत क्याडेटहरुका परिवारजनहरुको उपस्थिति रहेको थियो ।