प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा उच्चस्तरिय राष्ट्रिय सुरक्षा तालिमको समुद्घाटन

१. नेपाली सेनाको शिवपुरीस्थित श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा संचालन हुन लागेको उच्चस्तरिय राष्ट्रिय सुरक्षा तालिम (Advanced National Security Training) को आज मिति २०७२ फागुन ३० गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले एक समारोहबीच समुद्घाटन गर्नु भएको छ ।

२. रक्षा मन्त्रालय र नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजको तत्वाधानमा (Jointly Organized by MOD & Army Command and Staff College)  नेपालमै पहिलो पटक संचालन हुन लागेको यस तालिममा राष्ट्रिय सुरक्षासंग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राख्ने नेपाल सरकारका मन्त्रालयहरुका प्रथम तथा द्धितिय श्रेणीका अधिकृतहरु, सुरक्षा निकाय, बैंक तथा उद्योग बाणिज्य क्षेत्र तथा विश्व विद्यालयका प्राध्यापक तथा पदाधिकारीहरु गरी जम्मा २७ जनाको सहभागिता रहेको छ ।

३. आजदेखि १० दिनसम्म संचालन हुने यस तालिमले राष्ट्रिय सुरक्षा चुनौतीका बिभिन्न अबस्थालाई बुझ्न र परिस्थितिलाई विष्लेषणात्मक तवरले मुल्यांकन गर्ने क्षमता अभिबृद्धि गरी शिक्षार्थीहरुमा आर्थिक, कुटनीतिक, सैनिक र सुचना तथा प्राविधिक पक्षहरु बीचको अन्तर सम्बन्ध र यसबाट राष्ट्रिय सुरक्षामा पार्ने प्रभाव बारे समेत मुल्यांकन एवम् परीक्षण गर्न सक्ने क्षमताको विकास गर्न मद्धत पुग्ने छ ।

४. कार्यक्रमको शुभारम्भमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाधिकृत उपरथी श्री जगदीश चन्द्र पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली सेनामा स्टाफ कलेजको स्थापना र भूमिकाको बारेमा संक्षिप्त जानकारी गराउनु भएको  छ ।

५. यसैगरी उक्त कार्यक्रममा रक्षा सचिव श्री जय मुकुन्द खनालले मन्तव्य व्यक्त गर्नुहुंदै यस तालिमबाट विभिन्न निकायहरुले राष्ट्रिय सुरक्षाको अवधारणालाई बुभ्mने तथा राष्ट्रिय सुरक्षाको दौरान आप्mनो जिम्मेवारी र भूमिकाको बारेमा स्पष्ट पार्न मद्धत पु¥याउने विश्वास व्यक्त गर्नु भएको छ ।

६. सोही अवसरमा आप्mनो मन्तव्य राख्नु हुदै प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले तालिममा सहभागी सबैलाई हार्दिक बधाई ज्ञापन गर्नुभई यसरी संचालन हुने यस तालिमले हालको सुरक्षा चुनौति एवम् विविध खतराहरुहरुबाट उत्पन्न हुन सक्ने परिस्थितिहरुको सहि मुल्यांकन गर्दै राष्ट्रिय सुरक्षालाई समय सापेक्ष एवम् असरदार बनाउन थप मद्धत पुग्ने बताउनु भएको छ । त्यसैगरी वहांले यस तालिमको दौरान छलफल तथा अभ्यासको माध्यमद्वारा विभिन्न बिषयहरुका प्राज्ञहरुले आप्mनोे ज्ञान तथा अनुभवहरु प्रदान गर्ने भएकोले शिक्षार्थीहरुको मनोवल अभिबृद्धि गर्न थप मद्धत पु¥याउने विश्वास व्यक्त गर्नु भएको छ ।

७. सुरक्षा चुनौतीका विविध आयामहरुलाई समेत समावेश गरि संचालन हुने यस तालिमबाट आन्तरिक सुरक्षामा नेपाली सेनाको परिचालनलाई अझ व्यवहारिक रुपमा बुभ्mन तथा नागरिक(सैनिक सम्बन्ध सुमधुर बनाउन थप मद्धत पुग्ने छ । साथै, तालिममा सहभागीहरुलाई अपरम्परागत एवं गैरराज्यीय सुरक्षा चुनौतीहरु (Non Traditional and Non-State Security Challenges) एवम् अन्तर्राष्ट्रिय र क्षेत्रिय सुरक्षा वाताबरणको जटिलतालाई समेत अध्ययन गर्न सघाउ पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

८. उक्त कार्यक्रममा रक्षा सचिव श्री जय मुकुन्द खनाल, सशस्त्र प्रहरी बलका प्रमुख, नेपाली सेनाका रथीबृन्द, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारीहरु, शैक्षिक संस्थाका प्राध्यापकहरु लगायत विभिन्न सरकारी निकायका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।