राष्ट्रिय सेवा दलद्वारा संचालित  सिनियर डिभिजन ११ औं ब्याच तालिमकोे दीक्षान्त समारोह सम्पन्न

१. आज मिति २०७२ चैत ०३ गते राष्ट्रिय सेवा दलद्वारा संचालित उपत्यका भित्रको सिनियर डिभिजन ११ औं व्याच तालिमको दीक्षान्त समारोह राष्ट्रिय सेवा दलका प्रमुख संरक्षक एवम् कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जंगी अड्डा परिसरमा भव्यताका साथ  सु(सम्पन्न भएको छ ।

२. कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथी सम्माननीय प्रधानमन्त्री श्री ओलीलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । यसैबीच उक्त कार्यक्रममा काठमाण्डौं, भक्तपुर तथा ललितपुर जिल्लाको विभिन्न शाखाहरुका गरी ३७७ जना छात्र÷छात्राहरुले दीक्षान्त कवाज प्रदर्शन गर्नुका साथै खुकुरी ड्रिल, नृत्य, तेक्वान्दो पि.टी., डेमोन्स्ट्रेशन, एरोविक्स, मास पि.टी. तथा सामुहिक नृत्यहरु उत्कृष्ट ढंगले प्रदर्शन गरेका थिए । यसअघि राष्ट्रिय सेवा दलले आप्mनो स्थापनाको ५० बर्ष पुरा गरी स्वर्ण जयन्ती समेत मनाएको थियो ।

३. उक्त अवसरमा राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार मानार्थ उपरथी श्री रमीन्द्र क्षत्री    एज।म ले राष्ट्रिय सेवा दलको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सोही क्रममा वहांले राष्ट्रिय सेवा दलको तालिममा क्याडेट छात्र÷छात्राहरुले Basic Military Skills हरु समेत प्राप्त गर्ने भएतापनि तालिमको उद्धेश्य सिपाही उत्पादन गर्ने नभई राष्ट्रको लागि कुशल, अनुशासित, बफादार, राष्ट्रभक्तिको भावनाले ओत(प्रोत एवम् नेतृत्व प्रदान गर्न सक्ने एक समुन्नत नागरिक उत्पादन गर्नु रहेको बताउनु भएको थियो । त्यसैगरी वहांले दीक्षान्त समारोहमा गरिमामय उपस्थिति जनाउनु भएका राष्ट्रिय सेवा दलका प्रमुख संरक्षक एवम् प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्णलाई हार्दिक कृतज्ञता ज्ञापन गर्नु भएको थियो ।

४. उक्त कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री श्री ओलीले तालिममा सर्वोत्कृष्ट क्याडेट छात्रा दर्शना कार्की र सर्वोत्कृष्ट क्याडेट छात्र नरेन्द्र महर्जनलाई पुरस्कार वितरण गर्नुका साथै सहभागी विद्यार्थीहरुलाई दज्र्यानी चिन्ह, शिल्ड तथा प्रमाण–पत्र प्रदान गर्नु भएको थियो । सोही अवसरमा माननीय उपप्रधान तथा रक्षामन्त्री श्री भीम बहादुर रावल र प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले समेत सहभागी विद्यार्थीहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्नु भएको   थियो । यसैबीच प्रमुख अतिथी सम्माननीय प्रधानमन्त्री श्री ओलीले विद्यालयबाट छात्र÷छात्राहरुलाई सहभागी गराई तालिम संचालन गर्न सहयोग पु¥याउनु हुने प्रधानाध्यापक तथा शिक्षकहरुलाई प्रशंसा–पत्र प्रदान गर्नु भएको थियो । त्यसैगरी वहांले राष्ट्रिय सेवा दलद्वारा प्रकाशित Coffee Table Book को समेत विमोचन गर्नु भएको थियो ।

५. उक्त दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथी सम्माननीय प्रधानमन्त्री श्री ओलीले राष्ट्र विकासमा युवा शक्तिको महत्वपुर्ण भूमिका रहने वास्ताविकता माथि जोड दिंदै तालिमको समयमा हासिल गरेको अनुशासन, सहयोगी भावना, समुहमा बसेर लक्ष्य प्राप्तिका लागि गर्ने ज्ञान र अभ्यासले व्यक्तिगत चरित्र निर्माण एवं सफल जीवनयापनमा ठुलो सहयोग मिल्ने कुरामा प्रकाश पार्नुु भएको थियो । यसैगरी, वहांले क्याडेट छात्र÷छात्राहरुलाई भविष्यमा जुनसुकै क्षेत्रमा कर्म गरेपनि राष्ट्रप्रति बफादार रही आफ्नो कर्तव्य पथमा अग्रसर भईरहनेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो ।

६. यसै क्रममा सम्माननीय प्रधानमन्त्री श्री ओलीले वि.सं.२०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले नेपाल अधिराज्यभर रहेका युवा छात्र÷छात्राहरुलाई सम्मिलित गराई विभिन्न तालिमहरुको माध्यमबाट युवाहरुको चौतर्फी विकासको लागि उल्लेखनीय भूमिका खेलेको कुरा ब्यक्त गर्नु भएको  थियो । सोही क्रममा वहांले यस किसिमको तालिम तथा कार्यक्रमहरुले राष्ट्रियता तथा राष्ट्रिय एकताको भावनालाई अभिबृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुंदै तालिम सफलतापूर्वक सम्पन्न गराउन योगदान पु¥याउनु हुने राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार लगायत सम्पुर्ण शिक्षक वर्गहरुलाई हार्दिक धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।

७. उक्त कार्यक्रममा राष्ट्रिय सेवा दलका सह संरक्षक तथा माननीय उपप्रधान तथा रक्षामन्त्री श्री भीम बहादुर रावल, प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री, रक्षा सचिव श्री जय मुकुन्द खनाल, रथीबृन्द, राष्ट्रिय सेवादलका पूर्व प्रमुख सल्लाहकारहरु एवं अधिकृतहरु, विभिन्न विद्यालयहरुका प्रधानाध्यापकहरु तथा शिक्षक वर्गहरु, नेपाली सेनाका अधिकृतवर्ग, संचारकर्मी लगायत अभिवावकहरुको समेत उपस्थिति रहेको थियो ।