माननीय उपप्रधान तथा रक्षामन्त्री श्री भीम बहादुर रावलद्वारा श्री नं. ३ बाहिनी अड्डाको निरीक्षण

१. आज मिति २०७२ चैत ०४ गते माननीय उपप्रधान तथा रक्षामन्त्री श्री भीम बहादुर रावलले नेपाली सेनाको पश्चिम पृतना हे.क्वा. अन्तर्गत खैरेनीटारस्थित श्री नं. ३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ । उक्त निरीक्षण भ्रमणमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको समेत उपस्थिती रहेको थियो ।

२. उक्त निरीक्षण भ्रमणको क्रममा माननीय उपप्रधान तथा रक्षामन्त्री श्री  रावललाई श्री नं. ३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी श्री जसवन्त शम्शेर ज.ब.रा. ले जिम्मेवारी क्षेत्रको वस्तुस्थितिको बारेमा जानकारी गराउनु भएको थियो ।

३. यसैबीच माननीय उपप्रधान तथा रक्षामन्त्री श्री रावल र प्रधान सेनापति महारथी श्री क्षत्री पोखरास्थित ग्रान्डी होटलमा संचालन भईरहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७ औं परराष्ट्र मन्त्रीस्तरिय बैठकको सम्माननीय प्रधानमन्त्रीज्यूबाट भएको समुद्घाटन समारोहमा सरिक हुनु भएको थियो ।

४. त्यसैगरी, निरीक्षण भ्रमण तथा समुद्घाटन समारोहमा सहभागी हुन वहांहरु हिजो मिति २०७२ चैत ०३ गते नेपाली सेनाको सुपर पुमा हेलिकप्टरद्वारा त्यसतर्पm प्रस्थान गर्नुभई पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हे.क्वा. मा मुकाम हुनुु भएको   थियो । उक्त कार्यक्रम पश्चात् वहांहरु आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।