Multinational Planning Augmentation Team (MPAT) Tempest Express-28 Workshop सम्पन्न

१. मित्रराष्ट्र अमेरिकी सेनाको Pacific Command (USPACOM) तथा नेपाली सेनाको सह-आयोजकत्व (Co-Host) मा काठमाण्डौस्थित होटल र्‌याडिसनमा संचालन भएको Multinational Planning Augmentation Team (MPAT) Tempest Express-28 Workshop को आज मिति २०७२ चैत ०५ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले एक समारोहबीच समापन गर्नु भएको छ ।

२. मित्रराष्ट्र अमेरिकाले नेपाल सरकारमार्फत नेपाली सेनासंगको सह-आयोजकत्वमा मिति २०७२ फागुन २७ गतेदेखि भूकम्पको परिदृश्यमा आधारित MPAT Tempest Express-28  नामक Workshop/Exercise संचालन गरेको थियो । विपद् व्यवस्थापन सम्बन्धी सैनिक, गैर सैनिक तथा अन्य विभिन्न निकायबीच प्रभावकारी समन्वय विकास गर्ने उद्धेश्यले संचालन भएको उक्त वर्कशपमा नेपाली सेनाका ६० जना र विभिन्न १८ देशका १८० जना गरी कुल २४० जनाको सहभागिता रहेको थियो ।

३. उक्त कार्यक्रममा Mr. Bill Berger, Senior Regional Advisor for South Asia for OFDA ले मन्तव्य व्यक्त गर्नुहुदै Tempest Express-28 Workshop सफलतापूर्वक सम्पन्न भएकोमा अभ्यास संयोजक लगायत अभ्यासमा सहभागीहरुलाई बधाई ज्ञापन गर्नु भएको छ । त्यसैगरी वहांले उक्त अभ्यासबाट सहभागीहरुमा प्रभावकारी रुपमा विपद् प्रतिकार्यको क्षमता अभिबृद्धि भएको बताउनु हुदै "विनाशकारी भूकम्प २०७२" मा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खेलेको उल्लेखनिय भूमिकाको सराहना गर्नुभई धन्यवाद समेत व्यक्त गर्नु भएको  थियो ।

४. सोही अवसरमा रक्षा सचिव श्री जय मुकुन्द खनाल र गृह सचिव श्री नारायण गोपाल मलेगोले आफ्नो मन्तव्य व्यक्त गर्नुहुदै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद एवम् बधाई ज्ञापन गर्नु भएको थियो । यसैबीच नेपाली सेनाका व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री हिमालय थापाले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

५. कार्यक्रमको अन्त्यमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले समापन मन्तव्य व्यक्त गर्नुहुदै यस किसिमको अभ्यासले विपद्को अवस्थामा विभिन्न निकायहरुसंग संयुक्त रुपमा कार्य गर्न सहज हुने विश्वास व्यक्त गर्नु भएको छ । त्यसैगरी वहांले "विनाशकारी भूकम्प २०७२" मा सम्पूर्ण सुरक्षा फौज लगायत अन्तराष्ट्रियस्तरबाट पुर्‌याएको योगदानको सराहना गर्नुहुदै विदेशी सुरक्षा फौज, अन्तराष्ट्रिय मानव समाज, संयुक्त राष्ट्र संघसंग आवद्ध संस्थाहरु, संचारकर्मीहरु लगायत सहयोग पुर्याउनु हुने सम्पूर्णलाई समेत धन्यवाद व्यक्त गर्नु भएको थियो ।

६. यस किसिमको अभ्यासबाट सहभागीहरुबीच सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान भई भविष्यमा प्रभावकारी रुपमा विपद् प्रतिकार्यको क्षमता अभिबृद्धि गर्न, सहि प्रकृयाको निर्धारण गर्न, व्यवहारिक समन्वय संयन्त्रको स्थापना एवम् विकास गर्न विशेष सहयोग पुग्ने देखिएको छ । साथै, यस अभ्यासमा "विनाशकारी भूकम्प २०७२" मा सिकेका पाठहरु तथा अनुभव गरिएका परिदृश्यहरुलाई समेत चित्रण गरी अभ्यासको परिकल्पना गरिएको हुंदा भविष्यमा ज्यादै प्रभावकारी हुने विश्वास नेपाली सेनाले लिएको छ ।

७. उक्त कार्यक्रममा रक्षा सचिव, गृह सचिव, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथीबृन्द, नेपाल सरकार सम्बद्ध विभिन्न सरकारी एवम् गैर सरकारी निकाय तथा विदेशी संघ संस्थाहरुका उच्चस्तरका पदाधिकारीहरु लगायत संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।