Advanced Training on National Security को समापन

१. नेपाली सेनाको शिवपुरीस्थित श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा संचालन भएको Advanced Training on National Security को आज मिति २०७२ चैत ८ गते माननीय उपप्रधान एवम् रक्षामन्त्री श्री भीम बहादुर रावलको प्रमुख आतिथ्यमा एक समारोहबीच समापन गर्नु भएको छ ।

२. कार्यक्रमको शुभारम्भमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाधिकृत उपरथी श्री जगदीश चन्द्र पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नु भई कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो भने सोही क्रममा तालिममा सहभागिहरुको प्रतिनिधि वक्ताद्वारा तालिमको उपादेयता र महत्व एवम् भविष्यमा तालिमलाई अझ प्रभावकारी बनाउन चाल्नु पर्ने कदमहरुको बारेमा सुझाव सहितको मन्तव्य राखेका थिए ।

३. रक्षा मन्त्रालय र नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजको तत्वाधानमा (Jointly Organized by MOD & Army Command and Staff College)  नेपालमै पहिलो पटक संचालन भएको यस तालिममा राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राख्ने नेपाल सरकारका मन्त्रालयहरुका प्रथम तथा द्धितीय श्रेणीका अधिकृतहरु, सुरक्षा निकाय, बैंक तथा उद्योग बाणिज्य क्षेत्र एवम् विश्व विद्यालयका प्राध्यापक तथा पदाधिकारीहरु गरी जम्मा २७ जनाको सहभागिता रहेको थियो ।

४. यसैक्रममा उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय उपप्रधान एवम् रक्षामन्त्री श्री रावलले तालिममा सहभागिहरुलाई प्रमाण पत्र एवम् प्रशंसा पत्र वितरण गर्नु हुंदै यस प्रकारको तालिमले सुरक्षा निकाय र अन्य निकायबीच संयुक्त रुपमा लक्षित उद्देश्य हासिल गर्न मद्धत पुग्नुको साथै हालको चुनौती तथा अवसरको बारेमा विश्लेषण गरी संयुक्त सुरक्षा नीति निर्माण गर्न सहयोग पुगेको र राष्ट्रिय सुरक्षाको अवधारणामा नयाँ परिपाटीको सुरुवात भएको तथा यसलाई आगामी दिनहरुमा समेत निरन्तरता दिनु पर्ने बताउनु हुंदै यस तालिमले सामाजिक सद्भाव फैलाउन थप मद्धत पुगेको विश्वास व्यक्त गर्दै तालिममा सहभागिहरुलाई हार्दिक बधाई समेत व्यक्त गर्नु भएको छ ।

५. मिति २०७२ फागुन ३० गतेबाट मिति २०७२ चैत ८ गतेसम्म संचालन भएको यस तालिमले भू–राजनीति एवम् विदेशी नीति, राष्ट्रिय सुरक्षा, नागरिक—सैनिक सम्बन्ध, मानवीय सहयोग तथा विपद् व्यवस्थापनको बारेमा बुझ्न र परिस्थितिलाई विश्लेषणात्मक तवरले मुल्यांकन गर्ने क्षमता अभिबृद्धि गरी शिक्षार्थीहरुमा बिभिन्न पक्षहरु बीचको अन्तर सम्बन्ध र यसबाट राष्ट्रिय सुरक्षामा पार्ने प्रभाव बारे समेत मुल्यांकन एवम् परीक्षण गर्न सक्ने क्षमताको विकास गर्न मद्धत पुगेको छ ।

६. उक्त कार्यक्रममा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री, रक्षा सचिव      श्री जय मुकुन्द खनाल, बलाधिकृत रथी श्री बलदेवराज महत, बलाध्यक्ष रथी श्री पूर्णचन्द्र थापा, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथीवृन्द, विभिन्न मन्त्रालयका पदाधिकारीहरु, शैक्षिक संस्थाका प्राध्यापकहरु, विभिन्न सरकारी निकायका पदाधिकारीहरु लगायत संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।