प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र जनवादी गणतन्त्र चीन जानुहुंदै

१. नेपाल सरकारको निर्णय वमोजिम प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाका Chief of General Staff General Fang Fenghui को औपचारिक निमन्त्रणामा मिति २०७२ चैत १४ गते औपचारिक भ्रमणको लागि मित्रराष्ट्र चीन प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ ।

२. प्रधान सेनापतिको नियुक्ति पश्चात् मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा पहिलो पटक हुन लागेको चीन भ्रमणको भ्रमणदलमा श्रीमती रीता क्षत्री, व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री हिमालय थापा लगायत ८ (आठ) जना रहनु हुनेछ ।

३. उक्त भ्रमणदल मिति २०७२/१२/१४ गते Air China को प्mलाईटद्वारा काठमाण्डौबाट चीनको छेन्दु हुदै बेईजिङ्ग तर्पm प्रस्थान गर्ने कार्यक्रम रहेको छ । भ्रमणको दौरान प्रधान सेनापति महारथी श्री क्षत्रीले चीनका विभिन्न सैनिक संरचनाको भ्रमण लगायत उच्चस्तरिय पदाधिकारीहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

४. यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियां सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

५. प्रधान सेनापति महारथी श्री क्षत्री सहितको उच्चस्तरिय भ्रमणदल मिति २०७२ चैत २० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।