प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री र चिनियाँ जनमुक्ति सेनाका Chief of General Staff General Fang Fenghui बीच भेटवार्ता

१. चिनियाँ जनमुक्ति सेनाका Chief of General Staff General Fang Fenghui को औपचारिक निमन्त्रणामा मिति २०७२ चैत १५ गतेदेखि मिति २०७२ चैत १९ गतेसम्म मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको सप्ताहव्यापी औपचारिक भ्रमणको लागि प्रस्थान गर्नु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री हिजो मिति २०७२ चैत १४ गते बेलुकी चीनको राजधानी बेईजिङ्ग पुग्नु भएको थियो । उक्त अवसरमा वहांलाई Deputy Chief, OIMC, MND, Maj General Hu Changmingले बेईजिङ्गस्थित Airport मा स्वागत गर्नु भएको थियो ।

२. भ्रमणको दौरान आज मिति २०७२ चैत १५ गते प्रधान सेनापति महारथी श्री क्षत्रीलाई चीनको राजधानी बेईजिङ्गस्थित Ba'yi Building  मा चिनियाँ जनमुक्ति सेनाका सेनाध्यक्ष General Fang Fenghui, Chief of Joint Staff Department, Central Military Commission (CMC) ले स्वागत गर्नु भएको थियो । उक्त अवसरमा प्रधान सेनापति महारथी श्री क्षत्रीलाई चिनियाँ जनमुक्ति सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

३. उक्त कार्यक्रम पश्चात प्रधान सेनापति महारथी श्री क्षत्रीले चिनियाँ जनमुक्ति सेनाका सेनाध्यक्ष General Fang Fenghui संग भेटवार्ता गर्नु भएको छ । उक्त भेटवार्ताको क्रममा प्रधान सेनापति र General Fang Fenghui बीच आपसी द्विपक्षीय हित एवम् सैनिक सम्बन्धको बारेमा छलफल भएको थियो ।

४. त्यसैगरी प्रधान सेनापति महारथी श्री क्षत्री आजै बेलुका वहांको सम्मानमा चिनियाँ जनमुक्ति सेनाका सेनाध्यक्षGeneral Fang Fenghui  द्वारा आयोजना गरिने रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको छ भने भोली मिति २०७२ चैत १६ गते Vice Chairman of CMC General Xu Qiliang  सँग भेटवार्ता गर्ने कार्यक्रम  रहेको छ ।