नेपाली सेनाद्वारा “सि.सं. ४ रक्षा सम्वाददाता अभिमुखिकरण कार्यक्रम” शुभारम्भ

१. नेपाली सेनाको श्री सैनिक जनसम्पर्क निर्देशनालयद्वारा विभिन्न सञ्चार गृहहरुमा कार्यरत रक्षा संवाददाताहरुलाई सहभागी गराई जंगी अड्डामा सि.सं. ४ रक्षा सम्वाददाता अभिमुखिकरण कार्यक्रम (Defence Correspondent Orientation Programme) संचालन भएको छ । नेपाली सेनाले यस किसिमको कार्यक्रमको आयोजना गरेको यो चौथो पटक हो ।

२. उक्त कार्यक्रममा नेपाली सेना सम्बन्धी जानकारीमुलक कक्षा सञ्चालन गरी आधारभूत ज्ञान दिलाउन तथा नेपाली सेनाको विभिन्न व्यारेकहरुको कार्य प्रणालीबारे स्थलगत भ्रमण गराई प्रत्यक्ष ज्ञान दिलाउने उद्देश्य अनुरुप मिति २०७२ चैत १७ गतेदेखि मिति २०७२ चैत २२ गतेसम्म संचालन हुन लागेको उक्त रक्षा सम्वाददाता अभिमुखिकरण कार्यक्रमको आज मिति २०७२ चैत १७ गते सैनिक जनसम्पर्क निर्देशनालयका निर्देशक एवम् सैनिक प्रवक्ता सहायक रथी तारा बहादुर कार्कीले एक समारोहबीच कार्यक्रमको  शुभारम्भ गर्नु भएको छ । सो कार्यक्रममा विभिन्न संचार गृहका रक्षा सम्वाददाता २० र रक्षा मन्त्रालयका अधिकृत प्रतिनिधि १ गरी जम्मा २१ जनाको सहभागीता रहेको छ ।

३. यस किसिमको कार्यक्रमले विभिन्न संचार गृहमा कार्यरत रक्षा सम्वाददाताहरुलाई नेपाली सेनाको विभिन्न निकाय लगायत नेपाली सेनाको कार्य प्रणालीबारे विस्तृतमा ज्ञान हासिल भई समाचार सम्प्रेषण गर्न थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।