नेपाली सेनाद्वारा “राष्ट्रिय भेला कार्यक्रम–२०७२” संचालन गर्दै

१. नेपाली सेनाले घोडेजात्राको अवसर पारी प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा नेपाली सेना कल्याणकारी बोर्डमा आवद्ध प्रतिनिधिहरुको उपस्थितिमा मिति २०७२ चैत २३ गतेदेखि २५ गतेसम्म तीन दिवसिय "राष्ट्रिय भेला कार्यक्रम-२०७२" काठमाण्डौमा आयोजना गर्न लागेको छ ।

२.  कल्याणकारी सम्बन्धी उच्चस्तरिय नीति तथा कार्यक्रमहरु भूतपूर्व हिताधिकारीहरु समक्ष जानकारी गराउन तथा कल्याणकारी कार्यक्रमहरुबारे छलफल गरी योजनाहरु परिमार्जित गर्दै दिशा बोध गर्ने उद्धेश्यकासाथ यस कार्यक्रमको आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रममा नेपाली  सेना कल्याणकारी बोर्डको राष्ट्रिय सञ्जाल अन्तरगत प्रत्येक जिल्लाका भूतपूर्व सैनिक सम्पर्क र जिल्लाका युनिट सम्पर्क अधिकृतहरुको साथै ५ बिकास क्षेत्र र १४ अञ्चलका अवकाश प्राप्त रथीबृन्द तथा अधिकृत प्रतिनिधिहरुको उपस्थिति रहने छ ।

३. यस किसिमको कार्यक्रमले भूतपूर्व सैनिकहरुलाई कल्याणकारी योजना निर्माणमा प्रत्यक्ष सहभागी गराउने र उहाँहरुको राय सुझावहरु लिई उपयुक्त रचनात्मक सुझावहरु लागु गर्ने कार्यले प्राथमिकता पाउने तथा समग्र बहालवाला र अवकाश प्राप्त सैनिकको कल्याणको लागि महत्वपूर्ण कदम चाल्न नेपाली सेना सक्षम हुने विश्वास नेपाली सेनाले लिएको छ ।