नेपाली सेनाद्वारा संचालित “सि.सं. ४ रक्षा सम्वाददाता अभिमुखिकरण कार्यक्रम” सम्पन्न

१. नेपाली सेनाको श्री सैनिक जनसम्पर्क निर्देशनालयद्वारा विभिन्न सञ्चार गृहहरुमा कार्यरत रक्षा संवाददाताहरुलाई सहभागी गराई मिति २०७२ चैत १७ गतेदेखि जंगी अड्डामा संचालन भएको सि.सं. ४ रक्षा सम्वाददाता अभिमुखिकरण कार्यक्रम (Defence Correspondent Orientation Programme) को आज मिति २०७२ चैत २२ गते राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशक एवम् हाल सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशकको निमित्त कार्यभार सम्हाल्नु भएका उपरथी श्री राजेन्द्र विक्रम शाहले एक समारोहबीच समापन गर्नु भएको छ ।

२. उक्त कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्नुहुदै उपरथी श्री शाहले राज्यको चौथो अंगको रुपमा रही विशिष्ठ जिम्मेवारी बोकेको प्रेश जगत्लाई नेपाली सेनाको बारेमा समसामयीक रुपमा जानकारी गराउने उदेश्य अनुरुप संचालित यस कार्यक्रमले नेपाली सेना सम्बन्धी वास्तविक जानकारी हासिल गरी भावी दिनमा वस्तुगत रिपोर्टिङका लागि संचारकर्मीहरुलार्ई सहज हुने विश्वास व्यक्त गर्नु भएको छ ।

३. सो कार्यक्रममा विभिन्न संचार गृहका रक्षा सम्वाददाता २० र रक्षा मन्त्रालयका अधिकृत प्रतिनिधि १ गरी जम्मा २१ जनाको सहभागीता रहेको थियो । करिब एक हप्ता अवधिको उक्त कार्यक्रममा सहभागीहरुलाई नेपाली सेना सम्बन्धी जानकारीमुलक कक्षा सञ्चालन गरी आधारभूत ज्ञान प्रदान गरिएको थियो । त्यसैगरी, नेपाली सेनाको विभिन्न ब्यारेकहरुको कार्य प्रणालीबारे स्थलगत भ्रमण गराई प्रत्यक्ष ज्ञान दिलाउने उद्देश्य अनुरुप पर्यावरण तथा प्रकृति संरक्षणमा नेपाली सेनाको तैनाथीबारे साधारण ज्ञान दिलाउन एवम् स्याफ्रुवेशी-मैलुङ्ग सडकखण्ड निर्माणमा नेपाली सेनाको भूमिकाबारे स्थलगत जानकारी गराउन लाङटाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ धुन्चेस्थित श्री नारायणदल गण र विश्व शान्ति स्थापना कार्यमा नेपाली सेनाको भूमिकाबारे साधारण ज्ञान दिलाउन पांचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा स्थलगत भ्रमण गराईएको थियो ।

४. कार्यक्रमको अन्त्यमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु एवम् पत्रकार महासंघ, प्रेस काउन्सील र ख्याति प्राप्त मिडियाका प्रमुखहरुको उपस्थितिमा दिवाभोज कार्यक्रमको आयोजना गरिएको थियो ।

५. यस किसिमको कार्यक्रमले विभिन्न संचार गृहमा कार्यरत रक्षा सम्वाददाताहरुलाई नेपाली सेनाको विभिन्न निकाय लगायत नेपाली सेनाको कार्य प्रणालीबारे विस्तृतमा ज्ञान हासिल भई नेपाली सेना सम्बन्धी समाचार सम्प्रेषण गर्न थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।