प्रधान सेनापतिद्वारा नेपाली सेना कल्याणकारी बोर्डमा आवद्ध प्रतिनिधिहरुको तीन दिवसिय     “राष्ट्रिय भेला २०७२” कार्यक्रमको समुद्घाटन

१. नेपाली सेनाको कल्याणकारी बोर्डमा आवद्ध प्रतिनिधिहरुको तीन दिवसिय ूराष्ट्रिय भेला(२०७२ू कार्यक्रमको आज मिति २०७२ चैत २३ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा आयोजित एक विशेष समारोहकाबीच पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गर्नु भएको छ ।

२. नेपाली सेनाको कल्याणकारी सम्बन्धी उच्चस्तरिय नीति तथा कार्यक्रमहरु भूतपूर्व हिताधिकारीहरु समक्ष जानकारी गराउन तथा कल्याणकारी कार्यक्रमहरुबारे छलफल गरी योजनाहरु परिमार्जित गर्दै दिशा बोध गर्ने उद्धेश्यकासाथ नेपाली सेनाले घोडेजात्राको अवसर पारी कल्याणकारी बोर्डमा आवद्ध प्रतिनिधिहरुको उपस्थितिमा आजदेखि मिति २०७२ चैत २५ गतेसम्म तीन दिवसिय ूराष्ट्रिय भेला(२०७२ू को आयोजना गरेको हो । उक्त राष्ट्रिय भेला कार्यक्रममा नेपाली सेना कल्याणकारी बोर्डको राष्ट्रिय सञ्जाल अन्तरगत प्रत्येक जिल्लाका भूतपूर्व सैनिक सम्पर्क व्यक्ति र जिल्लाका युनिट सम्पर्क अधिकृतहरुको साथै ५ बिकास क्षेत्र र १४ अञ्चलका अवकाश प्राप्त रथीबृन्द तथा अधिकृत गरी १३१ प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

३. कार्यक्रमको शुभारम्भमा कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी श्री चित्र बहादुर गुरुङ्ग      (अ.प्रा.) ले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । मन्तव्यको क्रममा वहांले प्रधान सेनापतिको प्रत्यक्ष कमाण्डमा ूनेपाली सेना कल्याणकारी बोर्डू को स्थापना गरिएको जानकारी गराउनु भई कल्याणकारी कार्यहरुमा अभैm विकास, विस्तार गर्दै हिताधिकारीहरुको घरदैलोसम्म पु¥याउने बताउनु भएको छ ।

४. त्यसैगरी, उक्त समारोहमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आप्mनो मन्तव्य व्यक्त गर्नुहुंदै आप्mनो ूकमाण्ड मार्ग निर्देशन २०७२ू मा उल्लेखित लक्ष्य अनुसार कल्याणकारी कार्यक्रमको पहुंच र प्रभावकारितालाई बढाई अधिकतम संख्यामा बहालवाला, अवकाश प्राप्त तथा आश्रित परिवारका सदस्यहरुलाई सहयोग तथा सुविधा प्रदान गर्ने सम्बन्धमा थप चिन्तन र अध्ययन भईरहेको अवगत गराउनु भएको थियो ।

५. यसैबीच, वहांले कल्याणकारी कोषको अभिबृद्धि र सबै हिताधिकारीहरुको बृहत्तर हितको लागि दुरगामी दृष्टि, लक्ष्य, रणनीति र ठोस प्रयासका साथै बहालवाला, अवकाश प्राप्त र विज्ञहरुको सामूहिक प्रयासमा कल्याणकारी कार्यहरुलाई विस्तार, प्रभावकारी र विकेन्द्रिकृत बनाउंदै लगिने प्रतिबद्धता व्यक्त गर्दै ूराष्ट्रिय भेला २०७२ू बाट प्राप्त ठोस निष्कर्ष सहितको राय सुझावले ७५ जिल्लाका सम्पूर्ण हिताधिकारीहरु अझ लाभान्वित हुनेमा विश्वस्त रहेको बताउनु भएको छ । सोही क्रममा वहांले भुकम्प पिडित भूतपुर्व सैनिक तथा बहालवाला सैनिकहरुलाई सुलभ घरकर्जा चेक, बहालवालाका परिवारलाई लघु व्यवसाय कर्जाको चेक र क्षेत्रगत सैनिक कृषि सहकारीलाई व्यवसाय गर्न ऋणको चेक हस्तान्तरण गर्नु भएको थियो ।

६. उक्त कार्यक्रममा नेपाली सेना सम्बन्धि प्रस्तुतिकरण, विविध गतिविधिहरु झल्कने वृत्तचित्र प्रदर्शन, नेपाली सेनाबाट संचालित कल्याणकारी कार्यहरुसम्बन्धि प्रस्तुतीकरण लगायत नेपाली सेना कल्याणकारी बोर्डको गतिविधि, जलविद्युत परियोजनामा लगानी तथा पुनःरोजगार योजनाको सम्भाव्यताको बारेमा प्रस्तुतिकरण समेत भएको थियो । सो समुद्घाटन समारोहमा पूर्व प्रधान सेनापतिहरु, रक्षा सचिव श्री जयमुकुन्द खनाल, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीबृन्दहरु, कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपाल ईन्भेष्टमेन्ट बैंकका कार्यकारी अधिकृत श्री ज्योति पाण्डे लगायत नेपाली सेना कल्याणकारी बोर्डमा आवद्ध भूतपूर्व सैनिक तथा पदाधिकारीहरुको साथै संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

७. यस किसिमको कार्यक्रमले भूतपूर्व सैनिकहरुलाई कल्याणकारी योजना निर्माणमा प्रत्यक्ष सहभागी गराउने र उहाँहरुको राय सुझावहरु लिई उपयुक्त रचनात्मक सुझावहरु लागु गर्ने कार्यले प्राथमिकता पाउने तथा समग्र बहालवाला र अवकाश प्राप्त सैनिकको कल्याणको लागि महत्वपूर्ण कदम चाल्न नेपाली सेना सक्षम हुने विश्वास नेपाली सेनाले लिएको छ ।