नेपाली सेनाद्वारा सर्लाही जिल्लास्थित नाढिमन ताल स्थानीय संरक्षण समितिलाई हस्तान्तरण

१. नेपाली सेनाले मर्मत संभार, पुनर्निर्माण तथा विस्तार गरी रहेको सर्लाही जिल्लाको चन्द्रनगरस्थित नाढिमन ताल आज मिति २०७२ चैत २४ गते माननीय वन तथा भू–संरक्षण मन्त्री श्री अग्नि प्रसाद सापकोटा तथा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले संयुक्त रुपमा स्थानिय नाढिमन ताल संरक्षण समितिका अध्यक्ष राजकुमार शाहलाई हस्तान्तरण गर्नु भएको छ ।

२. राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको परियोजना अन्तर्गत नेपाली सेनाले हालसम्म उक्त तालको मर्मत संभार, पुनर्निर्माण तथा विस्तार कार्य गर्दै आईरहेको थियो । उक्त समारोहमा राष्ट्रपति चुरे तराई-मधेश संरक्षण बिकास समितिका अध्यक्ष तथा सदस्यहरु, नेपाली सेनाका रथीबृन्द, नाढिमन र बडहरवा ताल संरक्षण समितिका अध्यक्ष, जिल्ला तथा सेक्टर बन कार्यालयका बन अधिकृतहरु, स्थानिय प्रतिनिधिहरु, संचारकर्मी लगायत स्थानिय बासिन्दाहरुको समेत उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

३. उक्त कार्यक्रम पश्चात माननीय वन तथा भू–संरक्षण मन्त्री श्री सापकोटा र प्रधान सेनापति श्री क्षत्रीले रौतहट जिल्लाको गौरस्थित बडहरवा तालको हवाई अवलोकन गर्नु भई काठमाण्डौ फिर्ता हुनु भएको छ ।

४. नेपालको प्राकृतिक वनस्पति तथा वन्यजन्तु लगायतका जैविक विविधताको संरक्षण र सम्बर्द्धन कार्यमा नेपाली सेना विगत लामो समयदेखि प्रत्यक्ष रुपमा संलग्न रही महत्वपूर्ण योगदान पु¥याउंदै आईरहेको र भविष्यमा पनि आफुमा बिद्यमान पर्यावरण संरक्षण सम्बन्धी ज्ञान, सीप र अनुभवको भरपुर प्रयोग गर्दै ताल तलैया संरक्षण र सम्बर्द्धनमा ठोस योगदान पु¥याउन तत्पर रहेको नेपाली सेना विश्वास दिलाउन चाहन्छ ।